Comments Add Comment

पीएम कप क्रिकेट प्रतियोगिता एक्सन स्पोर्ट्समा लाइभ हुने

९ पुस, काठमाडौं । प्रधानमन्त्री कप (पीएम) राष्ट्रिय महिला र पुरुष क्रिकेट प्रतियोगिताको खेलहरु डिस होम मिडिया नेटवर्कको एक्सन स्पोर्ट्स टिभीबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले बिहीबार डिस होससँग प्रत्यक्ष प्रसारण बारे सम्झौता गरेको क्यानले जनाएको छ । क्यानले दुवै प्रतियोगिता प्रत्यक्ष प्रसारण हुने जनाएको छ तर सम्झौताको बारेमा पूर्ण विवरण भने सार्वजनिक गरेको छैन ।

राष्ट्रिय खेलकुद परिषदको आर्थिक सहयोगमा क्यानले यही पुसमा पीएम कप महिला र पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ । महिलाको प्रतियोगिता यही पुस ११ देखि दाङमा लमहीमा सुरु हुनेछ । ८ टिम सहभागि प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक भएको छ ।

यस्तै महिलाको प्रतियोगिता सकिएपछि पुरुषको प्रतियोगिता काठमाडौंमा हुने क्यानले जनाएको छ । पुरुष प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

क्यान निलम्बनमा परेपछि राष्ट्रिय खेलकुद परिषद्को अग्रसरतामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै आएको थियो । आइसीसीबाट क्यान निलम्बन शर्तसहित फुकुवा भएपछि क्यानले पहिलो पटक पीएम कप क्रिकेट आयोजना गर्न लागेको हो ।

कोरोना भाइरस महामारीले गर्दा नेपाली खेलकुद प्रभावित बन्दा पीएम कप पनि तोकिएको समयमा आयोजना हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment