+

लुम्बिनी जय ट्रफीमा छनोट, नेट रन रेटमा पछि पर्दा गण्डकी बाहिरियो

२०८३ वैशाख  २ गते १४:२२ २०८३ वैशाख २ गते १४:२२
लुम्बिनी जय ट्रफीमा छनोट, नेट रन रेटमा पछि पर्दा गण्डकी बाहिरियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी प्रदेश जय ट्रफी क्रिकेटमा नेट रन रेटको आधारमा शीर्ष ६ मा पर्न सफल भएको छ।
  • नेपाल पुलिस क्लब र गण्डकी प्रदेशसँग समान ९ अंक भए पनि गण्डकी नेट रन रेटमा पछि परेको छ।
  • आर्मीले लुम्बिनीलाई १ विकेटले पराजित गरेको खेलमा कुशल मल्लले ४ विकेट लिए।

२ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेश जय ट्रफी क्रिकेटका लागि छनोट भएको छ । बुधबार भएकाे आर्मीसँगको खेलमा १ विकेटले पराजित भए पनि लुम्बिनी शीर्ष ६ मा परेको हो ।

लुम्बिनीसँगै नेपाल पुलिस क्लब र गण्डकी प्रदेशको समान ९ अंक भएपनि नेट रन रेटमा गण्डकी पछाडि परेको हो । लुम्बिनीले आर्मीसँगको खेल जितेमा स्वत: छनोट हुने समीकरण थियो भने खेल सकिनुअघि नै पराजित भए पनि नेट रन रेटका आधारमा छैटौं स्थानभित्र पर्ने पक्का भएको थियो ।

गण्डकी प्रदेश भने नेट रन रेटमा पछाडि पर्दै सातौं स्थानमा सीमित भएको हो । गण्डकीको पनि ९ खेलमा ९ अंक नै छ । गण्डकीको नेट रन रेट -०.१०७ छ । लुम्बिनीको नेट रन रेट माइनसमा नजाने यसअघि नै पक्का भइसकेको छ ।

मधेश प्रदेशसँगको खेलमा नेपाल पुलिस क्लब पराजित भए पनि पुलिसको नेट रन रेट पनि माथि नै रहेको छ । मधेशले भने पुलिसलाई हराएपछि ११ अंक जोडेको छ ।

खेलमा लुम्बिनीले दिएको १३९ रनको लक्ष्य पछ्याएको आर्मीले २५.२ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो । आर्मीका लागि कुशल मल्लले सर्वाधिक ४१ रन बनाए भने अर्जुन साउदले २८ रन बनाए । भीम सार्कीले १८ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ३९.२ ओभरमा अलआउट हुँदै १३८ रन बनाएको थियो । रन्जित खड्काले सर्वाधिक २३ रन बनाए भने कप्तान देव खनालले २३ रन बनाए । आकाश त्रिपाठीले २१ रन बनाए ।

आर्मीका लागि कुशल मल्लले ४ विकेट लिँदा नरेन साउद र भीम सार्कीले २-२ विकेट लिए भने शाहब आलम र बसिर अहमदले १-१ विकेट लिए ।

गण्डकी प्रदेश क्रिकेट पीएम कप क्रिकेट लुम्बिनी प्रदेश क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय