
१० पुस, काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले स्मार्ट क्यूआर आजबाट सञ्चालनमा ल्याएको छ । विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाहरुको प्राप्तीमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहज र एकिकृत गर्न सक्ने गरी यस किसिमको क्वीक रेस्पोन्स कोड पेमेन्ट प्लाटर्फम स्मार्ट क्यूआर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको नगदरहित कारोवार प्रणालीको प्रवद्र्धन गर्ने नीति लिएको छ । राष्ट्र बैंकको यो नीतिलाई स्मार्ट क्यूआरले सहयोग पुग्ने कम्पनीले बताएको छ ।
स्मार्ट क्युआरको प्रयोगबाट ग्राहकलाई छिटो र सरल किसिमले क्युआर कोड स्क्यान गरी विविध आवश्यकता बमोजिम सेवा र सुविधाहरुको उपयोग गर्न सजिलो हुनेछ ।
विशेषतः यस क्वीक रेस्पोन्स कोड पेमेन्ट प्लाटर्फममा आबद्घ भएका बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्थाहरुले इएमभी को स्टान्डर्ड स्टाटिक वा डायनामिक क्युआर कोड जेनेरेट गरी स्वदेशी तथा बिदेशी क्युआरसी पेमेन्ट सर्भिसहरुको बीचमा पनि सहजै एकिकृत कारोवार गराउन सकिने ब्यबस्था गरिएको छ ।
स्र्माट क्युआरको सञ्चालनमा आइएमई पे, प्रभु पे, क्यु पे जस्ता स्वदेशी भुक्तानी सेवा प्रदायक र अन्र्तराष्ट्रिय संस्था युनियन पे इन्टरनेशनलको समेत सहकार्य तथा साझेदारी रहेको हँुदा यसको वृहत्तर पहुँच रहेको छ ।
साथै युनियन पे इन्टरनेशनलसँग आबद्ध खल्ती, मो–बैंक जस्ता विभिन्न भुक्तानी सेवा प्रदायकले पनि स्र्माट क्युआर को माध्यमबाट भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
शुरुवात गरेको अवसरमा स्मार्टच्वाइस टेक्नोलोजिजले आफ्नो नयाँ प्रडक्ट स्मार्ट क्युआरको शुरुवातका अवसरमा प्रयोगकर्ताका लागि बिभिन्न मल, डिपार्टमेन्ट स्टोर र रेष्टुरेण्टहरुमा १५ प्रतिशत सम्मको छुट अफर सार्वजनिक गरेको छ ।
यो अफर अन्र्तगत वालेट प्रयोगकर्ताले सेल्सबेरी,डेली ग्रोसरी, न्यु मार्ट, जस्ता डिपार्टमेन्ट स्टोर र ग्यापु, मुन्चा, तथा इन्फीस्टोर जस्ता अनलाइन स्टोरबाट १५ प्रतिशत सम्मको छुट पाउनेछन् ।
यसका अलावा काठमाडौं उपत्यका भित्रका ५० भन्दा बढी रेष्टुरेण्ट मा समेत वालेट प्रयोगकर्तालाई १० प्रतिशत छुटको सुबिधा रहेको स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका कामु प्रमुख कार्यकारी अधिकृत दिपेश मास्केले बताएका छन ।
प्रतिक्रिया 4