Comments Add Comment

पार्किन्सन्सको जोखिम र लक्षण 

बुढ्यौलीमा हातखुट्टा काप्छ, पिडुला दुख्छ । यसलाई स्वभाविक मान्न सकिन्छ । यद्यपि उमेर नपुग्दै यस्तो समस्या देखियो भने, त्यसलाई स्वभाविक वा सामान्य मान्न हुँदैन ।

जब हातखुट्टा काप्छ एवं पिडुला दुख्छ, हामी ठान्छौं, कमजोरीको कारण यस्तो भयो ।

कतिपयले यो समस्यालाई ‘ओस्टियोपोरोसिस’ रोग सम्झेर चिकित्सकको सल्लाह विना नै क्याल्सियम खाने गर्छन् । यद्यपी, उनीहरुको दुखाई कम हुँदैन । किनकी यो एक न्युरोलोजिकल डिस्अर्डर हो ।

न्युरोलोजिकल डिस्अर्डर भएमा खुट्टामा कम्पन हुने, कसिलो महसुस हुने तथा दुख्ने गर्छ ।

शरीरमा आइरन वा भिटामिन बी–१२ को कमी भएमा पनि यो समस्या हुन्छ । समयमै रोगको पहिचान नगरे पछि गएर यो समस्या पार्किन्सन्समा बदलिन सक्छ । त्यसैले, पार्किन्सन्स रोगबाट बच्न पनि समयमै यो रोगको पहिचान जरुरी छ । एक तथ्यांक अनुसार विश्वमा पार्किन्सन्सको विरामीको संख्या ६० लाख भन्दा बढी छन् ।

खुट्टा काप्नुको कारण ?

खुट्टाको मासंपेशी र जोर्नीलाई काम गर्न मस्तिष्कबाट विशेष तंरग प्राप्त हुन्छ । तर बस्दा वा सुत्दा यो तरंग स्वत रोकिने गर्छ ।  कुनै कारणवस आराम गर्दा समेत यो तरंग नरोकिए खुट्टामा निरन्तर कम्पन हुन थाल्छ । सामान्यतया, यो तरङ्गलाई ‘हर्मोन डोपामाइन’ नामक तत्वले नियन्त्रण गर्छ । मस्तिष्कमा यसको कमी भएमा तरङ्ग  लगातार प्रवाह भइदिन्छ । र, खुट्टा काप्नुका साथै पिढुल्ला पोल्न थाल्छ ।

मधुमेह तथा मिर्गौलाका विरामीलाई पनि यो समस्या हुनसक्छ । गर्भावस्थामा केही महिलाहरुमा पनि यो समस्या देखिन सक्छ, जुन प्रसुती पश्चात्त स्वत कम हुने गर्छ । कयौ पटक आणुवंशिक कारणले पनि यो समस्या निम्त्याउन सक्छ । यद्यपी, आइरन र भिटामिन बी –१२ यसको प्रमुख कारण मानिन्छ ।

प्रमुख लक्षण

यो समस्या जो कोहीलाई पनि हुनसक्छ । तर ४० वर्षको उमेर पछि यसको लक्षण देखिन थाल्छ । आर्थराइटिसमा जस्तै यसमा पनि खुट्टा दुख्ने गर्छ । तर रेस्टलेस लेग सिन्ड्रोम भएमा दुखाई सँगै कम्पन, झम्झमाहट र बेचैनी महसुस हुन्छ ।

यो समस्या भएमा निद्रा विथोलिने गर्छ । व्यक्तिलाई कतिसम्म हुन्छ भनेर उसको खुट्टा भित्र केही छिरेको महसुस हुन्छ र खुट्टा हल्लाउन थाल्छ । यही कारण हो कि मानिस अनायासै आफ्नो खुट्टा हल्लाउन थाल्छ  ।

यो समस्या सुत्दा वा बस्न झनै बढ्ने हुदाँ मानिसहरु जतिसक्दो हिड्ने प्रयास गर्छन् । जबकी आर्थराइटिसको समस्या भएमा राती सुतेर उठ्दा व्यक्तिको खुट्टा बेस्सरी दुख्ने गर्छ । जबकी सुत्दा उसलाई आराम मिल्छ ।

उपचार

–खानामा हरियो सागसब्जी, अण्डा, कुखुराको मासु तथा दूक्ष्धजन्य पदार्थलाई समावेश गर्ने ।

–अल्कोहल वा सिगरेटबाट टाढा रहने किनकी यसको अत्याधिक सेवनले मस्तिष्कमा डोपामाइनको कमी भई रेस्टलेस लेगको समस्या निम्तिन सक्छ ।

–यस्ता समस्यामा दुखाईबाट केही समयको लागि छुटकारा पाउन पैतालाको मालिस पनि प्रभावकारी मानिन्छ ।  तर यसले दीर्घकालीन रुपमा रोग निको हुँदैन ।

–यो समस्याबाट छुटकारा चिकित्सकका सल्लाह अनुसार औषधीउपचार गर्नुपर्छ ।

–डोपामाइन हर्मोनको स्तर बढाउने औषधीको सेवनले यो रोग कम हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment