+
+
Shares

सन् २०२८ भित्रै अर्थतन्त्रमा चीनले अमेरिकालाई उछिन्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १२ गते १०:१९

१२ पुस, काठमाडौं । चीनले सन् २०२८ भित्र अमेरिकालाई उछिनेर विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने एक अध्ययनले दाबी गरेको छ ।

नयाँ अध्ययनले यसअघि भविष्यवाणी गरिएको भन्दा पाँच वर्ष पहिला नै चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने बेलायतस्थित सेन्टर फर इकोनोमिक्स एण्ड विजनेस रिसर्चले सो उल्लेख गरेको हो ।

अध्ययनका अनुसार सापेक्षित रुपमा चीनले कोभिड-१९ को राम्रो व्यवस्थापन गरेका कारण उसको अर्थतन्त्र युरोपियत र अमेरिकाभन्दा तीव्र गतिमा विकास हुनेछ ।

अध्ययनमा सन् २०३० भित्र भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक बन्नेसमेत उल्लेख छ । सो रिपोर्ट शनिबार सार्वजनिक गरिएको हो । अन्य मुलुकको तुलनामा सन् २०२० मा चिनियाँ अर्थतन्त्रमा कोभिडको असर कम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?