Comments Add Comment

ईयूमा सुरु भयो कोरोना खोप कार्यक्रम

१२ पुस, काठमाडौं । युरोपेली संघ (ईयू)मा आधिकारिकरुपमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप कार्यक्रम सुरु भएको छ ।

२७ मुलुकका ४५ करोड मानिसहरुलाई कोरोना खोप दिने योजनाअनुसार यो खोप कार्यक्रम सुरु भएको हो । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले ईयूका सबै सदस्य मुलुकहरुमा फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोप पठाइसकिएको बताएकी छिन् ।

ईयूका केही मुलुकमा शनिबारबाट नै कोरोना खोप कार्यक्रम सुरु भएको थियो भने बाँकी मुलुकहरुमा आइतबारबाट यो कार्यक्रम सुरु हुनेछ । युरोपेली आयोगले फाइजरको कोरोना खोपलाई मान्यता दिएसँगै ईयूभर कोरोना खोप कार्यक्रम सुरु भएको हो ।

ईयूले विभिन्न खोप निर्माता कम्पनीहरुसँग दुई अर्ब डोज कोरोना खोपको लागि सम्झौता गरेको छ । ईयूका नेताहरुले खोप कार्यक्रम सुरु भएसँगै यसले महामारी नियन्त्रणको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

ईयूमा अहिलेसम्म कोरोना भाइरसको कारण तीन लाख ३५ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । संक्रमित हुनेको संख्या पनि एक करोड ४० लाख नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment