१२ पुस काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लिओनल मेसीले आफ्नो दुई पूर्व प्रशिक्षकहरुको प्रशंसा गरेका छन् । जोर्डी एभोलसंगको अन्तर्वार्ताका क्रममा उनले यसअघि संगै काम गरेका दुई प्रशिक्षक पेप ग्वार्डिओका र लुइस एनरिकको प्रशंसा गरेका हुन् ।
उक्त अन्तर्वार्ता लासेक्टामा आज प्रशारण हुँदैछ । मेसीले आफूलाई खेलाडीको रुपमा सुधार गराउन यी दुई प्रशिक्षकले सहयोग गरेको र सिकेको बताए ।
‘पेपसंग केही विशेष कुरा छ । उनले तपाईंलाई एक तरिकाले कुराहरु सिकाउँछन् । उनले खेलमा कसरी तयारी गर्ने, कसरी डिफेन्स गर्ने कसरी अट्याक गर्ने भनेर भन्छन्, उनले भने ।
‘ग्वार्डिओला र लुइस एनरिके मातहतमा प्रशिक्षण गर्न पाउँदा म भाग्यमानी रहेँ । उनीहरु हुँदा मलाई शारीरिक र मानसिक रुपमा विकास गर्न सहयोग गर्यो । र उनीहरुले मलाई रणनीतिका बारेमा पनि सिकाए’ मेसीले अगाडि भने ।
ग्वार्डिओलाले सन् २००८/०९ देखि २०११/१२ को सिजनसम्म मेसीलाई प्रशिक्षण गराए । त्यस अवधीमा बार्सिलोनाले १४ ट्रफी जितेको थियो । व्यक्तिगत रुपमा मेसीले त्यो समयमा ३ बालोन डे ओर अवार्ड, दुई युरोपियन गोल्डेन बुट र दुई पिचीची अवार्ड जिते ।
यस्तै एनरिकले पेपभन्दा एक सिजन कम मेसीसंग बिताए । २०१४/१५ देखि २०१६/१७ सम्म बार्सिलोनमामा रहँदा एनरिकले ९ उपाधि जिते । व्यक्तिगत रुपमा मेसीले एक बालोन डे ओर, एक युरोपियन गोल्डेन बुट र एक पिचीची अवार्ड जिते ।
३३ वर्षीय मेसीले बार्सिलोनामा बिताएका पछिल्ला केही महिनाको बारेमा पनि खुलेर बताएका छन् । मेसीले गत समरमा आफूले क्लब छाड्न चाहेको भन्दै क्लबलाई जानकारी गराएका थिए । तर उनी अहिले आफ्नो सम्झौताको अन्तिम ६ महिना बार्सिलोनामा केन्द्रित गरिरहेका छन् । ‘म अहिले ठीक छु । यो सत्य हो कि समरमा मेरो समयम खराब थियो’ मेसीले अन्तर्वार्तामा भनेका छन् ।
प्रतिक्रिया 4