+

पीएम कप महिला क्रिकेट बागमती प्रदेशको टिम घोषणा

२०७७ पुष  १३ गते ८:३७ २०७७ पुष १३ गते ८:३७
पीएम कप महिला क्रिकेट बागमती प्रदेशको टिम घोषणा

काठमाडौं । पुस ११ देखि दाङमा लमहीमा सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको लागि बागमती प्रदेश क्रिकेट संघले टिम घोषणा गरेको छ ।

प्रतियोगिता सुरु भएपछि बल्ल प्रादेशिक छनोट प्रतियोगिता गरेको बागमतीले आइतबार अश्मिना कर्माचार्यको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा भएको दुई दिने छनोट प्रतियोगितापछि बागमती प्रदेशले खेलाडी छनोट गरेको हो ।

टिममा छनोट भएका अन्य खेलाडीमा उपकप्तान सुमन खतिवडा, कञ्चन श्रेष्ठ, आरती बिडारी, अस्मिता खरेल, हलेसी गुरुङ, निशा तामाङ, सुजिता थापा, अनिशा मजाकोटी, रविना बिशङ्खे, खुसी डंगोल, विन्दु राटोल, कृष्मा गुरुङ र केनुका बस्नेत रहेका छन् ।

यस्तै वैकल्पिक खेलाडीमा एस्टर गुरुङ, सञ्जिता भटराई, एन्नी पोख्रेल र निकिता एमडा रहेकी छिन् ।

समूह बी मा रहेको बागमती प्रदेशले आफ्नो पहिलो खेल मंगलवार प्रदेश १ सँग खेल्नेछ ।

शनिबारदेखि सुरु पिएम कप महिला क्रिकेटमा समूह ए का चार खेल भइसकेका छन् । लगातार दुघ खेल जित्दै समूह ए बाट विभागीय टोली एपीएफ र लुम्बिनी प्रदेश समूहको एक खेल खेल्नुअघि सेमिफाइनल पुगिसकेका छन् ।

समूह ए को विजेता बन्न एपीएफ र लुम्बिनी सोमबार खेल्दैछन् । यस्तै प्रतियोगिताबाट बाहिरीसकेको कर्णाली र प्रदेश २ पनि सोमबारै खेल्नेछन् । लगातार दुई हारपछि कर्णाली र प्रदेश २ भने एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छन् ।

बागमती टिम

अश्मिना कर्माचार्य (कप्तान), सुमन खतिवडा (उपकप्तान), कञ्चन श्रेष्ठ, आरती बिडारी, अस्मिता खरेल, हलेसी गुरुङ, निशा तामाङ, सुजिता थापा, अनिशा मजाकोटी, रविना बिशङ्खे, खुसी डंगोल, बिन्दु राटोल, कृष्मा गुरुङ,केनुका बस्नेत ।

वैकल्पिक खेलाडी : एस्टर गुरुङ, सञ्जिता भटराई, एन्नी पोख्रेल, निकिता एमडा

प्रशिक्षक : सामसुङ्ग जंग थापा

म्यानेजर : निरा राजोपाध्याय

बागमती प्रदेश

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय