+
+
Shares

ओलीलाई संसद विघटन महँगो पर्नेछ : मल्ल

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १३ गते ९:१२

चण्डीगढ (भारत) । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता रमेश मल्लले संसद विघटनको मूल्य केपी शर्मा ओलीलाई निकै महंगो पर्ने बताएका छन् ।

अखिल भारत नेपाली एकता मञ्च संयुक्त राज्यसमिति चण्डीगढले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता मल्लले संसद विघटन ओलीका लागि धेरै महंगो पर्ने बताएका हुन् ।

जनताले ५ वर्षका लागि चुनेको जनप्रतिनिधिमूलक संस्थालाई विघटन गरी ओलीले संविधानको गम्भीर उलंघन गरेको आरोप लगाउँदै मल्लले भने, ‘संसद विघटन गरेर तत्कालीन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली तानाशाही बाटोमा लागेका छन्, यो कदम उनका लागि धेरै महंगो पर्नेछ ।’

ओलीको असंवैधानिक कदम अदालतले मात्रै रोक्न सक्ने र विघटित संसदलाई ब्यूँताउन सक्ने भन्दै मल्लले देशलाई नै विघटनतर्फ लैजान खोज्ने खतरनाक निर्णयप्रति न्यायालय र न्यायमूर्तिहरु गम्भीर हुने विश्वास व्यक्त गरे ।

अदालतबाट पनि सरकारकै निर्णयमाथि ल्याप्चे लगाउने काम भयो भने नेपाली जनताका अगाडि सडकको विकल्प मात्रै बाँकी रहने र सडकबाटै तानाशाहरुलाई कसरी तह लगाउनुपर्छ भन्ने फैसला हुने मल्लले बताए ।

ओलीले आफ्नै पार्टी नेतृत्वको कर्णाली प्रदेश सरकार ढाल्ने खेलमा लागेको भन्दै मल्लले प्रदेश २ मा ओलीनिकट व्यक्तिहरुबाटै आफ्नै पार्टीका कार्यकर्ताको हत्या गरिएको आरोप लगाए ।

देश कोरोना महामारीको संकटमा पर्दासमेत स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गर्ने, वालुवाटार जग्गाकाण्डमा संलग्नलाई मन्त्री बनाउनेदेखि प्रेस खरिदलगायतका भ्रष्टाचारमा मुछिएकालाई संरक्षण गर्ने प्रधानमन्त्री ओली कमरेड भन्नलायक नभएको भन्दै मल्लले भ्रष्टका नायक भइसकेको आरोप लगाए ।

देश अहिलेको राजनीतिक संकटमा फसेको ओलीकै कारणले भएका चर्चा गर्दै मल्लले यसको निकास भनेको विघटित संसदको पुनस्र्थापना र ओली प्रवृत्तिको अन्त्य भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?