Comments Add Comment

रौतहटका चारवटै निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदर्शन

१३ पुस, रौतहट । संसद विघटन गर्ने सरकारको कदमको विरोधमा रौतहटको चार वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ ।

रौतहटको क्षेत्र नम्बर १ को गंगा पिप्रा र गौर, क्षेत्र नम्बर २ को राजपुर, क्षेत्र नम्बर ३ को कटहरिया र क्षेत्र नम्बर ४ को चन्द्रनिगाहपुरमा कांग्रेसका नेता कार्यकर्ताले प्रधानमन्त्री ओलीको विरोधमा नारावाजी गर्दै प्रदर्शन गरेको हो ।

प्रधानमन्त्रीले संसद विघटन गरेपछि रौतहटमा जसपा, नेपाली काग्रेंस र प्रचण्ड–माधव नेपालको समूहले विरोधमा दैनिकजसो अलग अलग प्रदर्शन गर्दै आएका छन् ।

संसद विघटनको विरोधमा सोमबार कांग्रेसले देशैभरि विरोधका कार्यक्रम गरेको छ । रौतहटमा भएको विरोध कार्यक्रममा कांग्रेस नेता– कार्यकर्ताले प्रधानमन्त्री ओलीको कदमको विरोध गर्दै संसद पुनःस्थापनाको माग गरेका छन् । उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको विरोधमा चर्को नारावाजी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment