+
+

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदसँग स्पष्टीकरण माग

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १३ गते १८:२३
प्रदेश १ को प्रदेशसभा । फाइल तस्वीर

१३ पुस, विराटनगर । आइतबार मुख्यमन्त्री शेरधन राईविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३७ जना प्रदेश सांसदलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले २४ घण्टे स्पष्टिकरण सोधेको छ ।

पार्टी विभाजनपछि प्रचण्ड– माधव पक्षका ३७ सांसदले मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

अविश्वासको प्रस्ताव दर्ता भएपछि नेकपाका प्रमुख सचतेक बुद्धिकुमार राजभण्डारीले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३७ सांसदलाई २४ घण्टे स्पटीकरण सोधका हुन् । राजभण्डारी ओली पक्षका नेता हुन् । उनले सांसदहरुलाई तत्काल प्रस्ताव फिर्ता पनि निर्देशन दिएका छन् ।

संसदीय दलमा छलफल नगरी प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेकाले प्रस्ताव फिर्तासहित स्पष्टिकरण पेश गर्न पत्र पठाएको प्रमुख सचेतक राजभण्डारीले बताए । प्रस्ताव फिर्ता लिएर स्पष्टिकरण नबुझाए राजनीतिक दल सम्बन्धी ऐन र दलको बिधान बमोजिम कारवाही गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?