+
+

वर्षा स्किन सीटीको सीइओमा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १४ गते १२:०१

नायिका वर्षा सिवाकोटी नेपाल मेडिसिटी हस्पिटल अन्र्तगत रहेको स्किन सिटीको सिइओमा नियुक्त भएकी छिन् । वर्षाले जारी गरेको विज्ञप्तीमा अभिनयसँगै व्यापारिक क्षेत्रमा पनि पाइला राखेको उल्लेख छ । उनले स्किन सिटीलाई नयाँ उचाइमा लैजाने दायित्व पनि आफूसँग रहेको बताएकी छिन् । उनले, स्किन सिटीमा आफ्नो पनि केही शेयर रहेको बताएकी छिन् ।

चलचित्र क्षेत्रमा आफूले काम गर्दै गर्दा दर्शकले अपार माया दिएको भन्दै वर्षाले चलचित्र र व्यापारलाई एकसाथ अगाडि बढाउन सहज नभएको बताएकी छिन् । तर, पनि आफू नयाँ क्षेत्रमा पनि सफल हुने विश्वास उनको छ ।

चलचित्र ‘नाई नभन्नु ल २’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी वर्षाले केही दिन अगाडि मात्र चलचित्र ‘परदेशी २’को छायांकन सकाएकी थिइन् ।

नेपाली चलचित्रका कलाकारहरुले चलचित्र यात्रासँगै विभिन्न व्यापार व्यवसाय पनि अगाडि बढाइरहेकी छिन् । वर्षाले पनि चलचित्रसँगै व्यापारमा पाइला चालेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?