Comments Add Comment

न्युजिल्याण्ड १०१ रनले विजयी

१५ पुस, काठमाडौं । घरेलु टोली न्युजिल्याण्डले पाकिस्तान विरुद्धको पहिलो टेष्ट १०१ रनले जितेको छ । न्युजिल्याण्डले दिएको ३७३ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको पाकिस्तानले दोस्रो इनिङ्समा अलआउट हुँदै २७१ रन बनाएपछि न्युजिल्याण्ड विजयी भएको हो ।

जितपछि न्यजुिल्याण्डले दुई खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । यस्तै टेष्ट वरीयताको शीर्ष स्थानमा रहेको अष्ट्रेलियालसँग पनि न्यजुिल्याण्डले दूरी घटाएको छ र पाकिस्तान विरुद्ध सिरिज जिते शीर्ष स्थानमा उक्लने आईसीसीले जनाएको छ ।

फवाद आलमले शतक र विकेटकिपर कप्तान मोहम्मद रिजवानले अर्धसतक प्रहार गरेपनि पाकिस्तानलाई हारबाट जोगाउन सकेनन् । फवाद आमले १०२ रन बनाए भने रिजवानले ६० रन जोडे ।

पाकिस्तानले ७१-३ बाट पाँचौ तथा अन्तिम दिनको खेल अघि बढाएको थियो । अजर अली ३४ र फवाद २१ ले इनिङ्स अघि बढाएका थिए । खेलमा हार टार्नका लागि पनि पाकिस्तानले कम्तीमा दिनभर ब्याटिङ गर्नुपर्ने थियो । तर न्युजिल्याण्डका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि पाकिस्तानले अन्तिम दिन ७ विकेट गुमायो र २०० रन मात्र थप्न सक्यो ।

फवाद र रिजावन क्रिजमा रहँदा सम्म पाकिस्तान उत्कृष्ट लयमा थियो । तर यी दुईको विकेट गुएपछि पाकिस्तानी इनिङ्स धरासयी बन्यो । अन्तिम दिन अजर अली थप ४ रन जोड्दै व्यक्तिगत ३८ रन बनाएर आउट भए । त्यसपछि कप्तान रिजवा ६० रन बनाएर आउट भए भने फवादले १०२ रन जोडेर आउट भए ।

त्यसपछि फहिम अस्रफ १९ रनमा आउट हुँदा मोहम्म अब्बास र नसिम शाह समान १ रनमा आउट भए भने यासिर शाहले खाता खोल्न सकेनन् । शाहिन अफ्रिदी ८ रनमा अविजित रहे ।

अन्तिम दिन न्युजिल्याण्डका लागि निल वाग्नर, केल जेमिसन र मिचेल सान्टनरले २-२ विकेट लिए । यस्तै अजर अलीको विकेट लिएका ट्रेन्ट बोल्टले पनि समग्रमा २ विकेट लिए । टिम साउदीले चौथो दिनमै विकेट लिएका थिए ।

माउन्ट माउनगानुईस्थित बे ओभलमा टस हारेर पहिले ब्याटिङ गरेर न्युजिल्याण्डले पहिलो इनिङ्समा कप्तान केन विलियमसनको सतक मद्दतमा ४३१ रन बनाएको थियो । यस्तै पाकिस्तानले पहिलो इनिङ्समा फहिम अस्रफको ९१ रन मद्दतमा २३९ रन बनाएको थियो । न्युजिल्याण्डले दोस्रो इनिङ्समा ५ विकेट गुमाएर १८० रन बनाउँदै इनिङ्स डिक्लेयर गरेको थियो ।

न्युजिल्याण्डका कप्तान विलियमसन म्यान अफ दि म्याच घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment