Comments Add Comment

ला लिगा जित्नु कठिन छ : रोनाल्ड कोएमन

१५ पुस, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएमनले ला लिगा जित्न कठिन भएको बताएका छन् । उनले ला लिगाको उपाधि जित्ने बार्सिलोनाको सम्भावना पहिला भन्दा झन् कमजोर बनेको उनले बताएका छन् ।

यस सिजन ला लिगामा संघर्ष गरिरहेको बार्सिलोना पछिल्लो खेलमा आइबरसँग १-१ को बराबरीमा रोकिएको थियो । कप्तान लिओनल मेसीविनाको बार्सिलोनाले घरेलु मैदानमै खेल जित्न सकेन । बराबरीपछि बार्सिलोना दुई मड्रिड क्लबभन्दा ७ अंकले पछि छ ।

‘म यथार्थवादी हुँ, उपाधि जित्नु जटिल छ,’ कोएमनले खेल पछि भने, ‘केही पनि असम्भव छैन, तर हामीले दूरी पहिचान गर्नुपर्दछ ।’

कोएमनले एट्लेटिको बलियो रहेको बताए । ‘मेरो लागि एट्लेटिको धेरै राम्रो देखिन्छ । तिनीहरू धेरै शक्तिशाली छन् र उनीहरूले धेरै गोल खाएका छैनन् ।’

मेस्सी र जेरार्ड पिकेविना बार्सिलोनाले पिचमा राम्रो गर्न सकेको छैन । तर डचम्यान कोएमनले उनीहरूलाई थप नेतृत्व चाहिएको विश्वास गर्दैनन् ।

‘म भन्न चाहन्नँ कि हामीसँग अनुभवी खेलाडीहरूको अभाव छ,’ कोएमनले भने, ‘टोलीमा संक्रमण छ र हाम्रो खेलाडीलाई चोट पनि छ ।’

‘हामी युवा खेलाडीहरू लिएर खेल्दैछौं, तर आज हामीसँग पाँच वा छ युवा खेलाडीहरू र अनुभव भएका खेलाडीहरू थिए ।

‘हामीले लिओलाई मिस गर्‍यौँ, जसले फरक पार्छ, तर अहिले महसुस गरिरहेको छौँ कि हामीले जित्नु पर्थ्यो । हामीले अवसरहरू पाएका थियौं, पेनाल्टी गुमायौं र गोल गर्न दियौं, जुन उनीहरूको खेलमा एक मात्र टार्गेट थियो ।’

मेस्सीको अनुपस्थितिमा ओस्मान डेम्बे आक्रमक थिए । जसले कोमनलाई प्रभावित पारे । तर फिलिप काउटिन्होलाई चोट लाग्यो ।

‘डेम्बेले महत्वपूर्ण खेलाडी हुन् किनकी विङमा उनको पेस छ । उनले बराबरी गोल गरे र हामी उनीसँग धेरै खुसी छौँ,’ कोएमनले भने, ‘कौटिन्होलाई घुँडामा अप्ठ्यारो छ र हामीले समस्या के हो भनेर हेर्नका लागि थप परीक्षणहरू गर्नुपर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment