Comments Add Comment

बजार अनुगमन तीव्र बनाउन कृषि मन्त्रीको निर्देशन

१५ पुस, काठमाडौं । घुम्ती टोलीमार्फत बजार अनुगमनलाई तीब्रता दिन कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई निर्देशन दिएकी छिन् ।

बुधबार विभागमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएकी हुन् । ‘अहिलेको अनुगमन, निरीक्षण, ल्याब टेष्टको यति कार्यले मात्र हुदैन, अब घुम्ती टोलीमार्फत नियमित रुपमा अनुगमन कार्यलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्छ’, मन्त्री अर्यालले भनिन् ।

मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयहरुको अनुगमन गर्ने निकाय विभाग भएकाले विभागसँग स्वस्थ जीवनलाई प्रभाव पार्ने कार्यको जिम्मेवारी रहेको पनि उनको भनाइ थियो ।

विभागको क्षमता विकास तथा सेवा केन्द्रहरु थप्नुपर्ने आवश्यकता भए योजना ल्याउन पनि उनले कर्मचारीहरुलाई बताइन् । राम्रो काम गर्नका निम्ति कसैसँग नडराउन पनि उनले कर्मचारीलाई निर्देशन दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment