+
+
Shares

प्रदेशसभा विघटन गर्दैनौं : मन्त्री कार्की

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १५ गते २०:१३

१५ पुस, विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले आफूहरु प्रदेशसभा विघटनको पक्षमा नरहेको बताएका छन् ।

प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले प्रदेशसभा विघटनको हल्ला चले पनि आफूहरु त्यो बाटोमा नजाने बताएका हुन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै प्रचण्ड–माधव समूहले अविश्वास प्रस्ताव दर्ता गरेको छ । त्यसपछि हाल राई अल्पमतमा छन् ।

संघीयता नयाँ संरचना भएकोले प्रदेश सभालाई जोगाउन विघटनको बाटो नलिने कार्कीले बताए। ‘दलबाट मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि विघटन गर्ने वा अविश्वासको सामना गर्ने दुई विकल्प छन्,’ कार्कीले भने ‘मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनुहुन्छ ।’

कार्कीले अघि भने, ‘तपाई ढुक्क हुनुहोस्, हामी प्रदेशसभा विघटनको पक्षमा छैनौं, त्यस्तो सिफारिस हुदैन ।’

उनले प्रदेशमा मुख्यमन्त्री विरुद्ध हतारमा अविश्वासको प्रस्ताव दर्ता भएको बताए । अविश्वासको प्रस्ताव दर्ता भएपनि मुख्यमन्त्रीको पक्षमा बहुमत रहेको कार्कीले दावी गरे ।

‘समय त थियो । भागेर जाने ठाउँ थिएन,’ उनले भने ‘भीम आचार्य जस्ता वरिष्ठ नेताहरुले कदम चाल्न हतारो गर्नुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?