+
+
Shares

कोशीका मुख्यमन्त्री  भन्छन् : संघीयता ‘कलरब्लाइन्ड’ जस्तो भयो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १२:०२

२७ असोज, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीयतालाई अझ प्रभावकारी बनाउन संविधानतः अधिकार क्षेत्रहरू थप स्पष्ट बनाउनु पर्ने बताएका छन् ।

अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले प्रदेशको अधिकारको स्थिति ‘कलरब्लाइन्ड” (रंग छुट्याउन नसकिने) जस्तो भएको बताए । अब कुन अधिकार संघको, कुन प्रदेशको र कुन स्थानीय तहको हो भनेर कानुनमा प्रष्ट पारिनुपर्ने बताए ।

संघीय सरकार र प्रदेश सरकारबीच समन्वय हुन केही ढिलाइ भएको भए पनि यसलाई आलोचनाको रूपमा मात्र नभइ संवाद र सहकार्यका माध्यमबाट समाधान गर्नुपर्ने उनको भनाइ छ ।

प्रदेशहरूले राष्ट्रिय विकास परिषद् लगायतका ठाउँमा पटक-पटक आफ्ना मुद्दाहरू उठाएको उनले बताए ।

देशमा देखिएका विभिन्न समस्यामध्ये जलवायु परिवर्तनको नकारात्मक असर र मौसमजन्य विपद् सबैभन्दा भयानक चुनौती भएको मुख्यमन्त्री कार्कीले बताए।

मुलुकमा देखिएका नीतिगत र कानुनी समस्याहरू चिर्दै आर्थिक विकास र समृद्धिका लागि सबै प्रदेशहरूले आपसी सहकार्य, साझा लगानी र साझा एचिभमेन्टतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।

यो सम्मेलन कुनै सरकारविरुद्धको विरोधका लागि नभई, विगतका अभ्यासहरूको समीक्षा गर्दै संघीयतालाई अझ सुदृढ बनाउने साझा मञ्च भएको मुख्यमन्त्री कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?