Comments Add Comment

लिभरपुल न्युकासलसँग बराबरीमा रोकियो

१६ पुस, काठमाडौं । साविक विजेता लिभरपुल प्रिमियर लिगमा फेरि बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा लिभरपुलले न्युकासल युनाइटेडसँग बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु मैदानमा न्युकासलले लिभरपुललाई गोलरहित बराबरीमा रोक्दै अंक खोसेको हो । अघिल्लो खेलमा वेष्टब्रोमसँग १-१ को बराबरी खेलेको लिभरपुलको लिगमा यो लगातार दोस्रो बराबरी हो ।

बराबरीपछि लिभरपुलले दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडमाथि अंकदुरी ५ बनाउने अवसर गुमायो । लिभरपुल १६ खेलबाट ३३ अंकसहित शीर्ष स्थानमा छ । १५ खेलबाट ३० अंक रहेको युनाइटेड दोस्रो स्थानमा छ । १६ खेल खेलेकेको लेस्टर सिटी २९ अंकसहित तेस्रो स्थानमा छ । यस्तै १५ खेल लेको एभरटन २९ अंकसहित चौथो स्थानमा छ ।

लिभरपुललाई बराबरीमा रोकेको न्युकासल १५ खेलबाट १९ अंकसहित १४औं स्थानमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment