Comments Add Comment

फिल्मका लागि हामी तयार छैनौं : दीपा–दमन्ता

लकडाउनपछि नेपाली चलचित्रको निर्माण शुन्यमा झर्यो । तर, लकडाउनपछि म्यूजिक भिडियोको निर्माण भने ह्वात्तै बढ्यो । जसलेगर्दा, नयाँ नयाँ प्रतिभाहरुले भिडियोमा अवसर पाए ।

अझ, सामाजिक संजाल टिकटकबाट प्रतिभा देखाएरै चर्चामा आएकाहरुले म्यूजिक भिडियोमा राम्रै अवसर पाइरहेका छन् । यही सूचीमा पर्छन, ट्विन्स दिदी बहिनी दमन्ता श्रेष्ठ र दीपा श्रेष्ठ ।

यी दुइले टिकटकमा नृत्य गरेर भिडियोहरु पोष्ट गरे । जसलाई दर्शकले अत्याधिक रुचाए । अहिलेसम्म उनीहरुले टिकटकमा २५ लाख भन्दा बढी फलोअर्स कमाएका छन् ।

म्यूजिक भिडियोमा राम्रै अवसर पाइरहेका उनीहरुले अहिले नै चलचित्रका लागि भने तयार नभएको बताए । अनलाइनखबरसँगको कुराकानीमा दीपा–दमन्ताले भने–‘चलचित्रका लागि हामीले अझै धेरै कुरा सिक्नु छ । हामी दर्शकलाई निराश बनाउन चाहदैनौ । यसैले पनि अहिले नै चलचित्रमा आउने कुनै पनि सोच छैन ।’

म्यूजिक भिडियोमा काम गरिसकेपछि दर्शकबाट पाएको मायाले भने उनीहरुलाई खुशी तुल्याएको छ । घरमा उनीहरुलाई गंगा र जमुना भनेर बोलाएपनि टिकटकमा आएपछि उनीहरु दीपा र दमन्ता नामले चिनिएका छन् ।

२५ लाख फलोअर्सको मायालाई कसरी जोगाउनुहुन्छ भन्ने प्रश्नमा दीपाले भनिन्–‘हामी दर्शकलाई निराश बनाउने काम कहिल्यै पनि गर्दैनौ । सधै यस्तै मायाको अपेक्षा छ ।’

दीपा र दमन्ताले हिमालय टेलिभिजनबाट प्रशारण भएको चर्चित रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा पनि सहभागीता जनाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment