+
+

राष्ट्रपति देशको साझा बन्न सक्नु भएन : रावल

रामहरि ओझा रामहरि ओझा
२०७७ पुष १७ गते १८:४३

१७ पुस, डोटी । नेकपा प्रचण्ड-माधव समूहका नेता भिम रावलले राष्ट्रपति विद्यादेवी भण्डारी संविधानको संरक्षक बन्न नसकेको बताएका छन् ।

प्रचण्ड–माधव समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई शुक्रबार सम्बोधन गर्दै नेता रावलले राष्ट्रपति देशको साझा बन्न नसकेको बताए । ‘राष्ट्रपति संविधानको संरक्षक हुन सक्नु पर्ने थियो, संविधानको भावनाअनुसार काम गर्न सक्नु पर्ने थियो,’ रावलले भने, ‘तर राष्ट्रपति कुनै गुटको वा पक्षको जस्तो मात्रै देखिनु भयो ।’ आफैंले फिर्ता लिएको अध्यादेश फेरि प्रमाणित गर्दा एक पटक सोच्नु पर्नेमा उनले प्रधानमन्त्रीले जे भन्यो त्यही गरेको उनको भनाइ थियो । राष्ट्रपतिले संविधानमा के लेखेको छ भन्ने कुरा एक पटक अध्ययन गर्नु पर्ने उनको भनाइ थियो ।

आफू नेकपा विवादको प्रत्यक्ष साक्षी रहेको भन्दै उनले ‘प्रधानमन्त्री ओलीले आफूलाई पार्टीबाट असहयोग भएको भनेर आरोप लगाउनुमा कुनै तुक नभएको बताए।

प्रदेश सदस्यहरुलाई निर्देशन दिँदै रावलले भने, ‘अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको नेकपा नै आधिकारिक पार्टी हो, ढुक्क भएर संगठन विस्तारमा लाग्नुहोस् ।’

नेता रावलले केन्द्रीय कमिटीका चार सय ३४ सदस्यमध्ये आफूहरुसँग तीन सय १५ सदस्य रहेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?