Comments Add Comment

हेटौंडामा पनि सिद्धार्थ ग्रुपको होटल

१७ पुस, काठमाडौं । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले नयाँ बर्ष २०२१ को सुरुवातसँगै हेटौंडामा पनि सेवा विस्तार गरेको छ । हेटौडामा संचालनमा रहेको होटेल सामनासँग व्यवस्थापकीय साझेदारी गरी सिद्धार्थ गु्रपले तीन तारे स्तरको होटल सुरु गरेको हो ।

यो होटलमा ५८ वटा कोठा रहेका छन् । तालिम र पार्टीका लागि ३ वटा सभा हल, रेष्टुरेन्ट, बार, क्याफे, प्राइभेट डाइनिङ रुम, स्वीमिङ पुललगायत सुविधा छन् । हेटौंडाको होटलसँगको साझेदारीले यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा योगदान पुग्ने सिद्धार्थ गु्रपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।

सिद्धार्थ ग्रुपले आफ्नो शाखा नभएका प्रमुख शहरमा त्यहाँका व्यवसायीसँग व्यवस्थापकीय सहकार्य गरेर सेवा विस्तार गर्दै आएको छ । सिद्धार्थ गु्रपले व्यवस्थापकीय साझेदारी गरेर शाखा विस्तार गरेको हेटौंडा तेस्रो शहर हो ।

होटल, रिसोर्ट, रेष्टुरेन्ट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इष्टिच्यूटसहित हस्पिटालिटी क्षेत्रका व्यवसायको नेटवर्क बनाएर सिद्धार्थ ग्रुपले पश्चिम नेपालको महेन्द्रनगरदेखि पूर्वको बिर्तामोडमा शाखा विस्तार गरिसकेको छ ।

ग्रुपले कैलालीको टीकापुर, कर्णाली चिसापानी, नेपालगञ्ज, सुर्खेत, बुटवल, चितवनको चुम्लिङटार, काठमाडौंको बौद्ध, बानेश्वर, धोबीघाट, तीनकुने, सुन्धारासहित देशभर २८ आउटलेट विस्तार गरिसकेको छ । निकट भविश्यमा कपिलवस्तको चन्द्रौटामा शाखा विस्तारको लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

सिद्धार्थ ग्रुपले नेपालगञ्जमा चारतारे होटल सञ्चालन गरिरहेको छ । काठमाडौंको बौद्धमा केही दिनमै चारतारे होटेल सञ्चालनमा ल्याउने गरी तयारी गरिएको कम्पनीले जनाएको छ । सिद्धार्थले भैरहवामा पाँच तारे होटलसमेत बनाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment