Comments Add Comment

प्रचण्ड-माधव समूह छाडेर ओलीतिर लागे न्यौपाने

१८ पुस, बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य दधिराम न्यौपाने (माधव शर्मा) नेपाल ओली समूहमा लागेका छन् । रुपन्देही-१ बाट निर्वाचित उनी एक साताअघि प्रचण्ड-नेपाल समूहको रुपन्देही जिल्ला भेलामा सहभागी भएका थिए ।

माओवादी पृष्ठभूमिबाट आएका उनी प्रदेश सभाको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति पनि हुन् ।

शुरुमा प्रतिनिधि सभा विघटन असंवैधानिक हो कि भन्ने लागेर प्रचण्ड-नेपाल समूहको भेलामा गएको तर अध्ययन गर्दै जाँदा ओलीको कदम सही लागेको उनले प्रतिक्रिया दिए । विचार र दृष्टिकोणमा दुबै समूहमा फरक नभएको उनले बताए ।

प्रचण्ड-नेपाल समूहका नेताहरुले भने मन्त्री बनाउने आश्वासन पाएर न्यौपाने ओली समूहमा लागेको दावी गरेको छ । ‘धेरैलाई मन्त्रीको लोभ देखाइएको छ । त्यही भएर उहाँ असंवैधानिक कदम चाल्नेहरुको पक्षमा लाग्नुभयो’ एक नेताले भने ।

प्रदेशसभामा नेकपाका ६१ सांसद छन् । पूर्वमाओवादी खेमाका २० जनामध्ये १८ जना प्रचण्ड-नेपाल पक्षमा छन् । गुल्मीका दिनेश पन्थी पर्ख र हेरको अवस्थामा छन् । यद्यपि ओली समूहले पन्थी पनि आफ्नो पक्षमा आएको दावी गरेका छन् ।

पूर्व एमालेबाट निर्वाचित ४१ जनामध्ये कपिलवस्तुका विष्णु पन्थी मात्रै खुलेर प्रचण्ड-माधव समूहमा खुलेर लागेका छन् । माधव समूह निकट भनिएमा ९ जना खुलेर आएका छैनन् । कृषि मन्त्री आरती पौडेल र उपसभामुख कृष्णी थारु वामदेव गौतम निकट मानिन्छन् । मुख्यमन्त्री शंकर पोखरेल ओली समूहमा छन् । ८७ जना प्रदेशसभा सदस्य रहेको लुम्बिनी प्रदेशमा आफ्नो सरकार टिकाई राख्न उनलाई कम्तिमा ४४ सांसद चाहिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment