Comments Add Comment

भारत बायोटेकको कोरोना खोपलाई अनुमति दिन सिफारिस

नयाँ दिल्ली । भारत बायोटेकले विकास गरेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिन विज्ञहरुको समूहले सुझाव दिएको छ ।

शनिबार बसेको भारतका खोप विज्ञहरुको बैठकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च र नेशनल इन्स्टिच्युट अफ भाइरोलोजीले सहयोगमा विकास गरिएको यो खोपलाई सीमित दायरामा रहेर आपतकालीन प्रयोगको लागि अनुमति दिन सिफरिस गरेको हो ।

यसअघि भारतमा सेरम इन्स्िटच्युटले उत्पादन गरिरहेको अक्सफोर्ड युनिभर्सिटीको सहयोगमा एस्ट्राजेनेकाले विकास गरेको खोपलाई अनुमतिको लागि विज्ञहरुले सिफारिस गरेका थिए । यी दुवै खोपले भारतको खोप नियामकको अन्तिम स्वीकृति पाउन बाँकी छ ।

भारत बायोटेकले डिसेम्बर ७ मा नियामकसमक्ष आफ्नो कोरोना खोपको आपतकालीन प्रयोगको अनुमति मागेको थियो ।

यद्यपि अझै पनि भारत बायोटेक कम्पनीले विकास गरेको खोपको अन्तिम चरणको पूरा नतिजा भने आइसकेको छैन । कम्पनीले नियामकहरुसमक्ष अहिलेसम्म प्राप्त विवरणहरु बुझाएको थियो । उक्त नतिजाको आधारमा विज्ञहरुले यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिन सिफारिस गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment