+

वेष्टब्रुमको पोष्टमा ४ गोल गर्दै आर्सनल ११औं स्थानमा उक्लियो

२०७७ पुष  १९ गते ७:१० २०७७ पुष १९ गते ७:१०
वेष्टब्रुमको पोष्टमा ४ गोल गर्दै आर्सनल ११औं स्थानमा उक्लियो

१९ पुस, काठमाडौं । वेष्ट ब्रोमलाई फराकिलो अन्तरले पराजित गर्दै आर्सनल प्रिमियर लिगको ११औं स्थानमा उक्लेको छ । अलेक्जान्डर लाकाजेटको दुई गोल मद्दतमा आर्सनलले गएराट्टी भएको खेलमा वेष्टब्रुमलाई ४-० ले पराजित गरेको हो ।

लाकाजेटले ६०औं र ६४औं मिनेटमा गोल गरे । त्यसअघि अवे मैदानमा किरन टिएर्नेले २३औं र बुकायो साकाले २८औं मिनेटमा गोल गर्दै आर्सनललाई पहिलो हाफमै दुई गोलको अग्रता दिलाएका थिए ।

जितपछि १७ खेलबाट २३ अंक जोड्दै लण्डन क्लब आर्सनल अंकतालिकामा ११औं स्थानमा उक्लेको हो । लिड्स समान अंक भए पनि आर्सनल गोलअन्तरमा अघि रहेको छ ।

आर्सनल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय