Comments Add Comment

लाइपजिग बुण्डेसलिगाको शीर्ष स्थानमा

१९ पुस, काठमाडौं । एमिल फोसवर्गले पेनाल्डी गुमाए पनि डानिएल ओल्मोको निर्णायक गोलमा स्टुटगार्टलाई पराजित गर्दै आरबी लाइपजिग जर्मन बुण्डेसलिगाको शीर्ष स्थानमा उक्लेको छ ।

ओल्मोले दोस्रो हाफमा गरेको एकमात्र गोल मद्दतमा लाइपजिगले स्टुटगार्डलाई उसैको मैदाना १-० ले पराजित गरेको हो । ओलमोले ६७औं मिनेटमा गोल गरेका थिए ।

त्यसअघि पहिलो हामै लाइपजिगले अग्रताको मौका पाएको थियो । तर २३औं मिनेटमा फोसवर्गले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार स्टुटगार्टका गोलकिपर ग्रेगोर कोबेलले बचाएका थिए ।

जितपछि १४ खेलबाट ३१ अंक जोडेको लाइपजिग बायर्न म्युनिखलाई १-० ले पछि पार्दै शीर्ष स्थानमा उक्लेको हो । यद्यपि बायर्नले एक खेल कम खेलेको छ । बायर्नले आज घरेलु मैदानमा माइन्जसँग खेल्दैछ र शीर्ष स्थानमा फर्कने अवसर छ ।

यस्तै अर्को खेलमा अग्रता जोगाउन नसक्दा बायर लेभरकुजन एनट्राट फ्रांकफुर्टसंग पराजित भएको छ । अवे मैदानमा नादिएम अमिरीले १०औं मिनेटमा गोल गर्दै लेभरकुजनलाई अग्रता दिलाएका थिए । तर २२औं मिनेटमै अमिन युनेसले एनट्राटको लागि बराबरी गोल फर्काए ।

५४औं मिनेटमा लेभरकुजनकै एडमोन्ड टापसोबाले आत्मघाती गोल गरेपछि एनट्राट विजयी भएको हो । हारपछि १४ खेलबा६ २८ अंकसहित लेभरकुजन तेस्रो स्थानमा छ । एनट्राट १४ खेलबा६ २० अंक जोड्दै आठौं स्थानमा उक्लेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment