+
+

कांग्रेसका पुराना नेता निरञ्जन कोइरालाको निधन

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १९ गते १७:२०

१९ पुस, काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता निरञ्जन कोइरालाको ७५ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा आइतबार बिहान ११ बजे निधन भएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

निरंकुश पञ्चायती शासनका विरुद्ध प्रजातान्त्रिक आन्दोलन र राजनीतिमा सक्रिय निरञ्जन कोइराला नेपालका पुराना र प्रतिष्ठित पर्यटन व्यवसायी समेत थिए । तत्कालीन पर्यटन मन्त्री रामहरि जोशीको विज्ञ सल्लाहकारका रुपमा रहेर समेत उनले कार्य गरेका थिए । उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाका दाजु हुन् ।

केशवप्रसाद कोइरालाका जेठा छोरा निरञ्जनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थिए । उनी ०४८ सालतिर काका गिरिजाप्रसादसँग नजिक थिए । तर, त्यो निकटता धेरै समय टिकेन । पत्नी सन्तोषको ललितपुर भट्टेडाँडामा भएको विमान दुर्घटनामा निधन भएपछि उनी विरक्तिए र राजनीतिबाट टाढा हुन पुगे ।

त्यसपछि निरञ्जनले भारतीय औद्योगिक घरानाकी इला डालमियासँग विवाह गरे । र, नयाँदिल्लीतिरै बस्न थालेका थिए ।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?