Comments Add Comment

सशस्त्र प्रहरीको २ नं. गण भवनको आईजीपी खनालद्वारा उद्घाटन

१९ पुस, झापा । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले झापामा रहेको सशस्त्र प्रहरी बल¸ नेपाल नं. २ गण हेडक्वार्टर झापाको आइतबार कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।

उद्घाटन गर्दै महानिरीक्षक खनालले सशस्त्र प्रहरी कर्मचारीहरुलाई ईमान्दार¸अनुशाशित¸ बफादार¸ नैतिकवान र व्यवसायिक भइ नागरिकको सेवा¸ सुरक्षा¸ सहयोग तथा उद्दारमा उच्च मनोवल र दृढ संकल्पका साथ परिचालित हुन निर्देशन दिए । देश र संगठनबाट आफूले के पाएँ भन्ने भन्दा पनि देश र संगठनलाई मैले के दिएँ भन्ने भावनाका साथ परिचालित भएमा सच्चा राष्ट्रसेवकको कर्तव्य निर्वाह हुने बताएका थिए ।

कार्यक्रममा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिना¸ सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशिराज दाहालका साथै जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

महानिरीक्षक खनालले आइतबारै झापा जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसँग छलफल गरी जिल्लाको समग्र वस्तुस्थितिको बारेमा जानकारी लिएका थिए । साथै, झापा जिल्लामा रहेका सशस्त्र प्रहरी बल नेपालका बोर्डर आउट पोष्टहरुको स्थलगत निरीक्षण तथा अवलोकन गरी बिओपीमा कार्यरत कर्मचारीहरुलाई निर्देशन प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment