Comments Add Comment

सपना पुरा हुँदैछः पल शाह

नायक पल शाहले आफ्नो सपना पुरा हुँदै गएको बताएका छन् । करिब डेढ सय म्यूजिक भिडियोमा काम गरेका नायक शाहले दर्शकको मायाले नै आफूले काम गरिरहेको बताए । पल शाहले नयाँ घर किन्न लागेको चर्चा चलचित्र बजारमा चलिरहेको छ । यो बिषयमा पलले भने–‘हो, म नयाँ घर लिदैछु । लगभग पक्का भैसकेको हो । मेरो सपना पुरा हुँदैछ ।’

पलले दर्शकको मायाले आफूले निरन्तर काम गरेको र सपना पुरा गर्ने बाटोमा लागेको पनि बताएका छन् । नायक पल शाहको केही चलचित्र पनि पाइपलाइनमा छन् । उनले अभिनय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिजको प्रतिक्षामा छ । यस्तै, उनी अभिनित ‘हृदयभरी’ पनि पोष्ट प्रोडक्शनमा नै अल्झिएको छ ।

पल शाहले चलचित्र ‘हुतुतु’मा काम गर्दैछन् । नेपाली चलचित्र बजारमा ‘नाई नभन्नु ल ४’बाट उदाएका पल म्यूजिक भिडियो र चलचित्रमा सफल मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment