
२१ पुस, काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिका पदाधिकारी तथा काठमाडौं तेक्वान्दो च्याम्पिनसिप टिमले क्यानसर पीडित ४ वर्षीय बालक फुर्वा दोर्जे तामाङलाई मंगलबार आर्थिक सहयोग प्रदान गरेका छन् ।
कार्यसमितिका पदाधिकारीले ११ हजार २० रुपैयाँ तथा च्याम्पियनसिप टिमले ११ हजार रुपैयाँ गरी कुल २२ हजार २० रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको कार्यसमितिका अध्यक्ष अशोक खड्काले जानकारी दिए ।
कार्यसमितिका अध्यक्ष खड्काले ५ हजार, सचिव कुमार लामा घिसिङ, सह–सचिव राजेन्द्र पुजारी, कोषाध्यक्ष बब्लु सिवाकोटी, सदस्यद्वय सारदा धिताल र अनुभव थापाले समान १–१ हजार तथा सह–सचिव गणेश तामाङ र सदस्य मनोजकुमार शाहले समान ५ सय १० रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
कार्यसमितिका पदाधिकारीले पीडितलाई उनको गोंगबुस्थित निवासमा पुगेर आर्थिक सहयोग उपलब्ध गराएका थिए । पीडितको हात्तीवनस्थित नेपाल क्यानसर अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया 4