Comments Add Comment

दक्षिण अफ्रिकाद्वारा श्रीलंकामाथि क्लिन स्वीप

२१ पुस, काठमाडौं । दक्षिण अफ्रिकाले श्रीलंका विरुद्धको दोस्रो टेष्ट १० विकेटले जितेको छ । दोस्रो टेष्ट जितेपछि दक्षिण अफ्रिकाले दुई खेलको सिरिज क्लिन स्वीप गर्दै वर्ल्ड टेष्ट च्याम्पियनसिपमा १२० अंक समेत जोडेको छ ।

तेस्रो दिनमै जित हात पार्ने क्रममा दक्षिण अफ्रिकाले श्रीलंकाले दिएको ६७ रनको सामान्य लक्ष्य १३.२ ओभर खेल्दै बिना क्षती पूरा गरेको हो । जोहानेसवर्गस्थित वन्डर्सर स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन ओपनर अइडेन मार्क्रमले ३६ र डिन एलगरले ३१ रन बनाए । दुवै नटआउट रहे ।

त्यसअघि १५०/४ को अवस्थामा तेस्रो दिनको खेल सुरु गरेको श्रीलंकाले दोस्रो इनिङ्समा सबै विकेट गुमाएर २११ रन मात्र बनाएको थियो । श्रीलंकाले थप ६१ रन जोड्दा ४ विकेट गुमाए । कप्तान दिमुथ करुणारत्नले शतकीय पारी खेलेपनि अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । दिमुथले सर्वाधिक १०३ रन बनाउँदा विकेटकिपर निरोसान डिकवेलाले ३६ रन जोडे ।

दक्षिण अफ्रिकाका लागि बलिङमा लंगी एनगिदीले सर्वाधिक ४ विकेट लिए भने लुथो सिम्पलाले ३, एनरिच नोर्किअले २ र विएन मुडलरले १ विकेट लिए ।

पहिलो इनिङ्समा श्रीलंका १५७ रनमा अलआउट भएको थियो भने दक्षिण अफ्रिकाले ३०२ रन बनाएको थियो । पहिलो इनिङ्समा शतक प्रहार गरेका घरेलु टोलीका एलगर खेलको म्यान अफ दि म्याच घोषित भए ।

यस्तै सिरिजभर २५३ रन बनाएका एलगर नै प्लेअर अफ दि सिरिज चुनिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment