+
+

प्रधानमन्त्री कप पुरुष क्रिकेटको लुम्बिनी छनोट खेल पुस २६ देखि

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २२ गते ८:४३

२२ पुस, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय छनोट खेल यही पुस २४ देखि माघ १ गतेसम्म हुने भएको छ ।

लुम्बिनी र कर्णाली प्रदेश क्रिकेट संघले मंगलबार छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । जसमा ७ जिल्ला टिमले सहभागिता जनाउनेछन् ।

समूह ए मा रुपन्देही पाल्पा कपिलवस्तु र नवलपरसी छन् भने समूह बी मा बाँके दाङ र बर्दिया छन् ।

प्रतियोगिताका खेलहरु रुपन्देहीको सिद्धर्थ क्रिकेट मैदान र दाङको देउखुरी क्रिकेट मैदानमा हुनेछ । समूह ए को खेल र फाइनल खेल सिद्धार्थ मैदानमा हुने र समूह बी को खेल देउखुरी मैदानमा हुने आयोजकले जनाएको छ ।

छनोट प्रतियोगिताको उद्घाटन खेलमा समूह ए मा रहेका रुपन्देही र नवलपरासीबीच खेल हुनेछ ।

दुवै समूहको शीर्ष स्थानमा रहने टोलीहरु फाइनल पुग्नेछन् । फाइनल खेल माघ १ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?