Comments Add Comment

दीपिकाको बर्थ डेमा पुगे रणवीर र आलिया

नयाँ बर्ष मनाउने क्रममा नायक रणवीर कपुर र नायिका आलिया भट्टसँग नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणको भेट भएको थियो । दीपिका र आलियाको निकटताले पनि रणवीरलाई दीपिकासँग नजिक बनाइदिएको छ ।

नयाँ बर्षमा एकसाथ देखिएको केही दिनपछि नायिका दीपिका पादुकोणको जन्मदिनमा नायक रणवीर कपुर र नायिका आलिया भट्ट पुगेका छन् ।

दीपिका र रणवीरले यो बर्षको जन्मदिन धुमधामसँग मनाएनन् । मुम्बइको एक रेष्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा नायक रणवीर कपुर र नायिका आलिया भट्ट पुगेका थिए । यस्तै, निर्माता करण जोहर र नायिका अनन्या पाण्डे पनि दीपिकाको निमन्त्रणा मान्न पुगेका थिए ।

दीपिका र रणवीरले फोटोग्राफरको अगाडि केक समेत काटेका थिए । चलचित्र ‘ओम शान्ती ओम’बाट बलिउडमा प्रवेश गरेकी दीपिका केही महिना अगाडि ड्रग्सको विवादमा समेत तानिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment