+
+

बजारमा यति कार्पेटको उत्पादन एवम् बिक्री शुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २३ गते १६:३५

२३ पुस, काठमाडौं ।केडिया अगनाइजेशनको उत्पादन यति कार्पेट बिभन्न आकर्षक रङ्ग तथा नेपालकै पहिलो र उत्कृष्ट कार्पेट यति कार्पेटले आफनो उत्पादन बजारमा ल्याएको छ । यति कार्पेट बिहीबारदेखि सर्वत्र बजारमा उपलब्ध भएको छ ।

कम्पनीले आफ्नो नेपालीहरुको घर-घरमा एउटा संस्कृतिजस्तो भइसकेको भन्दै यति कार्पेटको नेपालमा आफ्नो उत्पादनको ३० बर्षको इतिहास कायम गरेको छ । केही समय कम्पनीमा आगलागी भएका कारण उत्पादन रोकिएको थियो ।

विभिन्न आर्कषक डिजाइन तथा रङ्गहरुमा बजारमा उपलब्ध यति कार्पेटले आफ्नो उत्पादनलाई बिगतको भन्दा ३ गुणा बढाएको छ । विश्वको उत्कृष्ट जर्म्ान प्रविधिबाट उत्पादन गरिने यति कार्पेट अझै धेरै गुणस्तरयुक्त रहेको छ । यति फलोरिङ्ग नेपालकै सबैभन्दा ठुलो कार्पेट उत्पादक कम्पनी हो । जसबाट उत्पादित कार्पेटले हरेक नेपालीको मन जित्न सफल भएको कम्पनीले जनाएको छ ।

‘आज कुनैपनि कार्पेट पसलमा ग्राहकहरु यतिको सामान माग्दै आइरहको यो अवसरमा हामीले शूरुवाती उत्पादनदेखि नै ग्राहकमुखी गुणस्तर रे एकरुपताकेा निरन्तरतालाई अंगालेका छौं,’ कम्पनीले भनेको छ,’यतिको रिव्स जसले हर घरको शोभा बढाउँछ र घरलाई सुन्दर र सफा बनाउँछ ।’

यही नै यति कार्पेटको अमुल्य पहिचान भएको केडिया अर्गनाइजेशनका अध्यक्ष अनिल केडियाले बताए । ‘अहिलेसम्म हामीलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग र सद्भाव दिई उत्पादनमा हौसला प्रदान गर्नुहुनेे आदरणीय यति कार्पेटका डिलरहरु, हाम्रा अमुल्य ग्राहक महानुभावहरु एवं शुभचिन्तकहरु माझ अब हामी हृदय खोली बजारमा तपाइको आफनो उत्पादन गरी बिक्री बितरण शुरु गरकेा सहर्ष जानकारी गराउदछौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?