+
+

आर्सनलले युवा खेलाडी ओमारलाई अनुबन्ध गर्‍यो 

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २४ गते १३:४६

२४ पुस, काठमाडौं । लण्डन क्लब आर्सनलले युवा खेलाडी ओमार रेकीकलाई अनुबन्ध गरेको छ । म्यानचेस्टर सिटी र पीएसभीका युवा खेलाडी रहिसकेका ओमारलाई आर्सनलले हेर्था बर्लिनबाट भित्र्याएको हो ।

१९ वर्षे ओमारलाई आर्सनलले २३ वर्ष मुनीको टिममा भित्र्याएको छ । आर्सनलले ओमारलाई ५ लाख ४० हजार पाउण्डमा अनुबन्ध गरेकाे हाे ।

जर्मन क्लव हेर्था बर्लिनमा अनुबन्ध हुनु अगाडि ओमारले म्यानचेष्टर सिटी, मार्से, फेयनोर्ड र पीएसभीको युथ एकेडेमीबाट खेलेका थिए ।

आर्सनलका म्यानेजर मिकेल अर्टेटाले ओमारलाई बिहीबार अनुबन्ध गरेकाे पुष्टि गरे ।
ट्युनिसियाको यू २१ टिमका खेलाडीले सिनियर टिमबाट अझैपनि डेब्यु गर्न पाएका छैनन् । उनले हेर्था बर्लिनबाट लगातार चौथो डिभिजनको लिग खेलिरहेका थिए । तर गत सिजनमा उनी बुन्डेसलिगामा तीन खेलमा सब्सिच्युट खेलाडीमा राखिएपनि प्रयोग गरिएको थिएन ।

ओमारले आर्सनलबाट खेल्न पाउने हुँदा निकै खुसी रहेको बताउँदै यसले आफ्नो करियरमा ठूलो सहयोग गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?