News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस प्रिमियर लिगको अन्तिम खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई २-१ गोलअन्तरले पराजित गरेको छ ।
- खेलमा आर्सनलका गाब्रियल जेसस र नोनी माडुएकेले गोल गरे भने प्यालेसका जिन फिलिपे माटेटाले एक गोल फर्काए ।
- जितसँगै आर्सनलले ३८ खेलबाट ८५ अंक जोडेको छ भने क्रिस्टल प्यालेस ४५ अंकसहित लिगको १५औं स्थानमा रहेको छ ।
१० जेठ, काठमाडौं । इंग्लिस प्रिमियर लिग च्याम्पियन आर्सनलले सिजनको अन्तिम खेलमा क्रिस्टल प्यालेसमाथि २-१ गोलअन्तरको जित हासिल गरेको छ ।
प्यालेसको मैदानमा भएको खेलमा आर्सनलका लागि ४१औं मिनेटमा गाब्रियल जेससले गोल गर्दै अग्रता दिलाएका थिए ।
४७औं मिनेटमा नोनी माडुएकेले गोल गर्दै अग्रता दोब्बर पारे । प्यालेसका जिन फिलिपे माटेटाले सान्त्वना गोल फर्काए ।
जितपछि आर्सनलको ३८ खेलमा ८५ अंक भयो । प्यालेस भने ४५ अंक जोडेर १५औं स्थानमा फिनिस गर्यो ।
प्रतिक्रिया 4