News Summary
Generated by OK AI. Editorially reviewed.- एभर्टनलाई १-० ले हराउँदै टोटनहम हटस्पर इङ्ग्लिस प्रिमियर लिगको रेलिगेसनबाट जोगिएको छ ।
- टोटनहमको जितमा खेलको ४२औँ मिनेटमा जोआओ पालिन्हाले गरेको गोल नै निर्णायक बन्यो ।
- जितसँगै टोटनहमले ४१ अङ्क जोडेर १७औँ स्थानमा सिजन सक्यो भने वेस्ट ह्याम, बर्नली र वुल्भ्स रेलिगेसनमा परेका छन् ।
१० जेठ, काठमाडौं । टोटनहम हटस्पर इंग्लिस प्रिमियर लिगदेखि रेलिगेसनमा पर्नबाट जोगिएको छ । आइतबार राति भएको खेलमा एभर्टनलाई १-० ले हराएसँगै टोटनहम रेलिगसेन हुनबाट जोगिएको हो ।
टोटनहमको जितमा जोआओ पालिन्हाले ४२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । त्यसपछि दुवै टिमबाट कुनै गोल हुन सकेनन् ।
जितपछि टोटनहम ३८ खेलमा ४१ अंक जोडेर १७औं स्थानमा रहेर सिजन फिनिस गरेको छ । एभर्टन भने ४९ अंकका साथ १३औं स्थानमा रह्यो ।
टोटनहमभन्दा तल रहेका वेस्ट ह्याम, बर्नली र वुल्भ्स रेलिगेसनमा परेका छन् ।
प्रतिक्रिया 4