+

प्रिमियर लिगमा ब्राइटनमाथि युनाइटेडको सहज जित

२०८३ जेठ  १० गते २२:४९ २०८३ जेठ १० गते २२:४९
प्रिमियर लिगमा ब्राइटनमाथि युनाइटेडको सहज जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्यान्चेस्टर युनाइटेडले ब्राइटनलाई ३–० गोल अन्तरले पराजित गर्दै इंग्लिस प्रिमियर लिगको सिजन अन्त्य गरेको छ ।
  • युनाइटेडका तर्फबाट प्याट्रिक डोर्गु, ब्रायन एमबेउमो र ब्रुनो फर्नान्डेसले १–१ गोल गरेका थिए ।
  • यस जितसँगै युनाइटेड तालिकाको तेस्रो स्थानमा र ब्राइटन आठौँ स्थानमा रहँदै सिजन सकाएका छन् ।

१० जेठ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले ब्राइटनमाथि ३-० को सहज जित निकालेको छ ।

आइतबार राति भएको सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राइटनलाई उसैको मैदानमा पराजित गरेको हो । युनाइटेडको जितमा प्याट्रिक डोर्गु, ब्रायन एमबेउमो र ब्रुनो फर्नान्डेसले १-१ गोल गरे ।

खेलको ३२औं मिनेटमा डोर्गुले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ४३औं मिनेटमा एमबेउमोले गोल गर्दै अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ४७औं मिनेटमा फर्नान्डेसले गोल गर्दै ३-० को जित पक्का गरे ।

जितपछि युनाइटेड ३८ खेलमा ३१ अंकसहित तेस्रो स्थानमा रहेर सिजन सकाएको छ । ब्राइटन भने ५३ अंकका साथ आठौं स्थानमा रह्‍यो ।

इंग्लिस प्रिमियर लिग म्यान्चेस्टर युनाइटेड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय