+
+
Shares

बुहारी बलात्कार आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २४ गते १७:१६

२४ पुस, स्याङ्जा । चार वर्षदेखि बुहारीलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, स्याङ्जामा परेको किटानी जाहेरीका आधारमा आँधिखोलाका ६० वर्षीय व्यक्ति पक्राउ परेका हुन् ।

नातामा पीडक र पीडित ससुरा बुहारी पर्ने भएकाले पक्राउ पर्नेको नाम नखुलाइएको स्याङ्जाका एसपी होविन्द्र बोगटीले बताए । बोगटीका अनुसार जिल्ला अदालत, स्याङ्जाबाट पक्राउ परेका व्यक्तिविरुद्ध ५ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?