Comments Add Comment

न्यायालयलाई दबाबमा पार्न खोजियो : प्रधानमन्त्री ओली

फाइल तस्वीर

२६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विपक्षमा उभिएका पूर्वप्रधानन्यायाधीश र नागरिक समाजका अगुवाहरुको आलोचना गरेका छन् ।

राष्ट्रियसभाको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले अदालतलाई स्वतन्त्र ढंगले काम गर्न बाधा पुर्याउने काम भइरहेको बताए । पूर्वप्रधानन्यायाधीशतर्फ संकेत गर्दै उनले सडकमा उर्लिएर स्वतन्त्र न्यायालयलाई लल्कारेको बताए । उनले अघि भने, ‘उहाँहरुले कस्तो न्याय दिनुभयो होला ?’

‘एक जना वकिलले प्रधानन्यायाधीशलाई वर्तमान र भविश्य सम्झिएर फैसला गर्नुस् भनेको भन्दै उनले भने, ‘अराजकताको पनि हद हुन्छ नि ?’

बुद्धिजिवी भन्नेले पनि राजनीतिक पक्षधरता देखाएको प्रधानमन्त्री ओलीको आरोप छ । न्यायालयलाई दबावमा पार्न खोजिएको भन्दै उनले भने, ‘म भन्न चाहन्छु, न्यायालय दबावमा पर्न हुन्न । सरकार र मैले नेतृत्व गरेको नेकपाले अदालत, शक्ति पृथकीकरणको सिद्धान्त मान्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment