+

पीएम कप पुरुष क्रिकेटका लागि गण्डकीकाे टिम घाेषणा

२०७७ पुष  २६ गते १६:५२ २०७७ पुष २६ गते १६:५२
पीएम कप पुरुष क्रिकेटका लागि गण्डकीकाे टिम घाेषणा

२६ पुस, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशकाे टिम घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यान गण्डकी प्रदेशले आइतबार विपिन खत्रीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो ।

टिमकाे उपकप्तानमा अशोक श्रेष्ठ छन् भने अन्य खेलाडीमा दीपेश खत्री, चन्द्रकान्त पौडेल, अमृत गुरुङ, राहुल उपाध्याय, दीपक डुम्रे, अभिषेक थापा, सुवास भण्डारी, समिर कँडेल, अर्जुन कुमाल, विशाल पौडेल विष्णु पाण्डे र दिनेश बुढामगर रहेका छन् ।

यसैगरी टिमको प्रशिक्षकमा रिजन प्रजु छन् भने व्यवस्थापकमा चन्द्रकुमार गुरुङ रहेका छन् । मिलन लुइंटेल, विज्ञान गौतम, सन्देश बस्नेत र कमल परियार वैकल्पिक खेलाडीमा छन् ।

माघ २ गते देखि शुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी र गण्डकी प्रदेश भिड्ने छन् ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी दश टिमले प्रतिस्पर्धा गर्दैछन् ।

क्रिकेट गण्डकी प्रदेश पीएम कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय