Comments Add Comment

सामसुङको मुनाफा बढ्यो, तर प्रतिस्पर्धा तीव्र

काठमाडौं । सन् २०२० को तेश्रो त्रैमासिकमा सामसुङ कम्पनीको मुनाफा २६ प्रतिशतले बढेको छ । कोरोना भाइरस महामारीका बीच सामसुङका सबैजसो उत्पादनहरुको मागको वृद्धिदर उच्च बनिरहेको भए पनि स्मार्टफोन बजारमा प्रतिस्पर्धा भने तीव्र बनेको बताइन्छ ।

अक्टोबरदेखि डिसेम्बरसम्मको त्रैमासिकमा कम्पनीको खूद मुनाफा ८ अर्ब २० करोड डलर अर्थात् ९ ट्रिलियन वन रहने रिपोर्ट सामसुङले सार्वजनिक गरेको छ ।

यस अवधिमा कम्पनीले आफ्ना वस्तु तथा सेवा बिक्रीबाट कूल ५६ अर्ब डलर आम्दानी गरेको छ ।

सामसुङका इलेक्ट्रोनिक्स उपकरण तथा डिस्प्ले प्यानल लगायतका प्रडक्टहरुको माग मजबुत रहेकोमा यो ट्रेण्ड आगामी दिनमा पनि जारी रहने र स्मार्टफोन बजारमा भने सामसुङले कठोर प्रतिस्पर्धाको सामना गरिरहनुपर्ने विश्लेषकहरुले बताएका छन् ।

गत वर्ष चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले सामसुङलाई पछि पार्दै विश्वको नम्बर वान स्मार्टफोन निर्माता कम्पनी बनेको थियो भने एप्पलले आफ्नो पहिलो फाइभ जी स्मार्टप्mोन लञ्च गरेको थियो । उक्त परिप्रेक्ष्यमा सामसुङले बजारमा अभूतपूर्व प्रतिस्पर्धाको सामना गर्नु परेको छ ।

यावत् परिस्थितिका बाबजुत चालू वर्ष सन् २०२१ मा सामसुङको आम्दानी मजबुत नै रहने र यसमा स्मार्टफोन र मेमोरी चिप्सको उच्च बिक्रिदरको योगदान रहने विश्लेषण गरिएको छ । आसन्न सामसुङ ग्यालेक्सी ए–२१ बजारमा आएसँगै सामसुङले स्मार्टफोन बजारमा यो वर्ष तहल्का मच्चाउने अनुमान गरिएको छ ।

सामसुङले यही जनवरी महिनाको अन्त्यतिर ग्यालेक्सी ए–२१ स्मार्टफोन लञ्च गर्ने तयारी गरिरहेको बताइएको छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment