Comments Add Comment

जनकपुरधाम उपमहानगरद्वारा पत्रकार उमा सिंहको स्मृतिमा अक्षय कोष स्थापना

२७ पुस, जनकपुरधाम । स्व. पत्रकार उमा सिंहको स्मृतिमा जनकपुरधाम उपमहानगरपालिकाले  रु ५ लाखको अक्षय कोष स्थापना गरेको छ । मेयर लालकिशोर साहले उमा सिंहको स्मृतिमा अक्षय कोष स्थापना गर्ने घोषणा गत वर्ष नै गरेका थिए ।

सिंहको १२ औं स्मृति दिवसको अवसरमा उपमहानगरपालिकाले सोमबार बिहान आयोजना गरेको कार्यक्रममा मेयर साहले अक्षय कोष सञ्चालनका लागि बैंकमा रकम जम्मा गर्नका लागि चेक काट्न काम भइसकेको जानकारी गरेका थिए । उनले यो अक्षय कोषबाट उमा सिंहको नाममा उत्कृष्ट काम गर्ने पत्रकारलाई पत्रकारिता पुरस्कार प्रदान गर्ने बताए ।

राष्ट्र, समाज, नगर, सामाजिक न्यायका लागि योगदान पुर्‍याउने पत्रकारको संख्या यकिन गरी उमा सिंह पत्रकारिता पुरस्कार प्रदान गरिने मेयर साहले बताए ।

पत्रकार सिंह प्रति श्रद्धासुमन अर्पण गर्दै मेयर साहले एक निडर पत्रकार गुमाएको प्रति दुःख व्यक्त गरे । उनले पत्रकार सिंहको विभत्स हत्या हुनु जनकपुरधामको लागि दुर्भाग्यपूर्ण रहेको बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार खड्काले अक्षय कोषमा जम्मा गर्न लेखाका कर्मचारीलाई ५ लाखको चेक बुझाएका छन् ।

सिराहा घर भएपनि जनकपुरधाममा पत्रकारिता गर्दै आएकी स्व. सिंहको १२ वर्षअघि पुस २७ गते विभत्स हत्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment