
२८ पुस, काठमाडौं । चीनको शाङडोङ प्रान्तको सिचेङमा रहेको एक सुनखानीमा आइतबार विष्फोट हुँदा सुरुङमा २२ मजदुरहरु थुनिएका छन् ।
चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले उल्लेख गरेअनुसार अहिलेसम्म थुनिएका मजदुरहरुसँग अधिकारीहरुको सम्पर्क हुन सकेको छैन ।
मजदुरहरुको उद्धारको लागि उक्त स्थानमा उद्धार टोली पठाइएको समाचारमा उल्लेख छ ।
सिन्ह्वाका अनुसार विष्फोटको कारण सुङभित्रको कम्युनिकेसन सिग्नलमा पनि क्षति पुगेकाले भित्र थुनिएका मजदुरहरुसँग सम्पर्क हुन नसकेको हो ।
यसअघि गत डिसेम्बरमा महिनामा पनि चीनको चोङकिङ सहरस्थित एक खानीमा विष्फोट हुँदा १८ मजदुरहरुको मृत्यु भएको थियो ।
त्यस्तै गत सेप्टेम्बरमा पनि चोङकिङकै एक कोइला खानीमा थुनिएका १६ जनाको अत्यधिक कार्बन मोनोअक्साइडको कारण भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4