Comments Add Comment

स्टेज कार्यक्रममा जान नपाउँदा अधुरो लागेको छः विक्रम परियार

विक्रम परियार लोक गायनमा उदाउँदै गरेका प्रतिभा हुन् । विक्रमको स्वर रहेको ‘चौतारीको बर’ले युटुबमा १ करोड ९४ लाख बढी भ्यूज बटुलेको छ । त्यस्तै उनका ‘गुन्द्रुक मिठो सागको’, ‘बाँचेको छु धन्न’, ‘आधा माया’ लगायतका गीतलाई श्रोताले रुचाएका छन् । उनै विक्रमसँग अनलाइनखबरले गरेको कुराकानी यसप्रकार छः

१. हिजोआजको व्यस्तता कस्तो छ ?
त्यस्तो व्यस्त त छैनँ । अहिले स्टेज कार्यक्रमहरु पनि छैन । केही गीतको रेकर्डिङ गरिरहेको छु ।

२. स्टेज कार्यक्रमलाई कत्तिको मिस गरिरहनुभएको छ ?
त्यसको त के कुरा गरौं र । स्टेज नचढेको एक वर्ष नै भएछ । हामी गीत गाउने, नचाउँने ब्यक्तिका लागि स्टेज जिन्दगीको एउटा अंग जस्तै हो । यतिका लामो समय स्टेज कार्यक्रम गर्न नपाउँदा कताकता अधुरो, एक्लो महशुस भइरहेको छ ।

३. काठमाण्डौमा संघर्ष गर्न थाल्नुभएको कती बर्ष भयो ?
पाँच वर्ष भयो ।

४. काठमाण्डौं प्रवेश गर्दाको समय र आजको समयमा आफूमा कति परिवर्तन आयो भन्ने ठान्नुहुन्छ ?
खासमा म स्नातकोत्तर पढ्न र वैदेशिक रोजगारीमा जाने सोच बोकेर काठमाण्डौ आएको थिएँ । गीतसंगीतमा रुचि पहिल्यैदेखि थियो । यहाँ आएर धेरै देशहरुको लागि प्रक्रिया थालेँ तर विविध कारणले भएन । विस्तारै पढाई सँगसँगै गीतसंगीतमा लागेँ । केही गीतहरु सफल भए ।

संघर्षको समयको दुःख, कष्ट त कसरी बयान गरु । कतिपय दुःख, पीडा शाब्दिक रुपमा बयान गर्न नसकिने खालका हुँदारहेछन् ।

५. अब गीतसंगीतमै भविष्य सोच्नुभएको छ की अरु केही ?
गीत संगीतमै जिन्दगी बिताउन पाए त हुन्थ्यो नी । आफूले चाहेको रुचिको क्षेत्र भएकाले यसमै दुःख गर्न पाए हुन्थ्यो भन्ने छ । गीतलाई स्रोता दर्शकले रुचाउँदै पनि जानुभएको छ ।

६. केही गीतहरुले राम्रो प्रतिक्रिया पाएपछि काठमाण्डौमा चल्न सहज भएको होला नी ?
सुरुवाती समयको भन्दा अहिले सहज छ ।

७. दिनमा कति खर्च गर्नु हुन्छ ?
म धेरै खर्च गर्ने ब्यक्ति होइन । खर्चै हुँदैन भन्ने पनि होइन ।

८. सांगीतिक क्षेत्रमा लागेपछि आफ्नो लागि खर्च आफै पु¥याउनुहुन्छ कि घरमा माग्नु हुन्छ ?
धेरै भयो । घरबाट मागेको छैन ।

९. गायन बाहेक कुन कुरामा बढी रुचि छ ?
किताबहरु पढ्न मनपर्छ । खेलहरु खेल्न मनपर्छ । क्रिकेट, भलिबल खेल्न रुचाउँछु । चलचित्रहरु हेर्न पनि रुचाउँछु ।

१०. काठमाण्डौभित्र घुम्नका लागि मनपर्ने ठाउँ ?
सांस्कृतिक र पौराणिक महत्व बोकेका ठाउँहरु मनपर्छ । जस्तै पशुपति, बौद्ध जान मलाई असाध्यै मनपर्छ ।

११. सांगीतिक क्षेत्रका साथीहरु कति बनाउनुभएको छ ?
धेरै नै हुनुहुन्छ । अहिले त धेरै साथीहरु नै सांगीतिक क्षेत्रका ब्यक्तिहरु हुनुहुन्छ ।

१२. दिनमा सांगीतिक क्षेत्रका कति ब्यक्तिहरुसँग भेट हुन्छ ?
पाँच–सात जनासँग भेट भएको हुन्छ । सांगीतिक करिअर, संगीतसँग जोडिएका व्यक्तिहरुसँग नै बढी भेट हुन्छ ।

१३. भेटमा उहाँहरुसँग कस्ता कुराहरु हुन्छ ?
जिन्दगीका दुःख, सुःखका कुरा । गीत–संगीतका कुराहरु हुन्छ ।

१४. बिहे गर्ने बेला भएन र ?
अब गर्ने योजना बनाएको छु । परिवार, आफन्तले पनि एकदमै कर गरिरहनुभएको छ । ब्याचलर पढ्दै गर्दादेखि कर गरिरहनुभएको हो ।

१५. काठमाण्डौको के कुराले दिक्क लाग्छ ?
यहाँको वातावरण, प्रदुषण, ट्राफिक जाम आदि ।

१६. जाडो महिना ठिक लाग्छ की गर्मी ?
दशैं–तिहारको सिजन मनपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment