Comments Add Comment

ओलीलाई प्रचण्डको प्रश्न : भारतले भनेर संसद भंग गरेको हो ?

२९ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय निर्देशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेको दाबी गरेका छन् ।

काठमाडौं जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले, पार्टी विभाजन र संसद भंग भारतले भनेर गरेका हुन् भनेर जनताले बुझेको दाबी गरे ।

गत असारमा ओलीले भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा पार्टीका नेताहरु लागेको भनेर बोलेको स्मरण गर्दै उनले भने, ‘ त्यतिबेला हामीले हटाएनौं । भारतले भन्दैमा हटाउने हो र भनेर हामीले हटाएनौं ।’

‘अहिले त नाङ्ग देखिएको छ छ नि विदेशी शक्ति केन्द्र आएर उहा“लाई के के मन्त्र सुनाए उनले अघि भने, ‘उहा“ले अहिले पार्टी विभाजन गर्ने, संसद भंग गर्ने भारतले भनेर ग¥या सारा जनताले देखे बुझे । यसलाई के भन्नुहुन्छ केपीजी ?’

‘मैले भारतलाई केही भन्न खोजेको होइन, तर केपीजीले कस्तालाई विशेष दूत भनेर बोलाउनुभयो । बालुवाटार तीन घण्टा मन्त्रणा गर्नुभयो । हाम्रै प्रधानमन्त्रीले अपारदर्शी तरिका अपनाएको त नेपाली जनताले आफ्नो आखाँले हेरेकै छन् नि ।’

संसद विघटनको निर्णयले ओलीको निधारमा कलंकको टीका लागेको भन्दै उनले भने, ‘उहाँले विदेशीको इसारामा संसद् विघटन गर्नुभयो । यो कलंकको टीका मेटिँदैन ।’

यद्यपि मन्त्रिपरिषद्, पार्टी र सर्वोच्च अदालतसँग माफी माग्ने अवसर अझै बाँकी रहेको उनले बताए ।

‘जीन्यूजको अन्तर्वार्ता नाटक हो’

भारतीय च्यानल जी न्यूजमा सोमबार प्रसारित प्रधानमन्त्रीको अन्तरवार्ता नाटक भएको उनले बताए ।

प्रधानमन्त्री ओलीले नै बोलाएर अन्तर्वार्ताको नाटक गरेको भन्दै उनले भने, ‘त्यो नाटक हो भन्ने पटाक्षेप आज भइसक्यो । सगरमाथाको नाम फेर्ने र त्यही जीन्यूजले ।’

‘लाजडर पनि हुनुपर्छ के !’

उनले प्रधानमन्त्री एवं पूर्व सहकर्मी ओली राजनीतिक जोकर जसरी प्रस्तुत भएको बताए । केन्द्रीय कमिटीको ७० प्रतिशत भएका आफूहरुलाई ओलीले भगौडा भनेको भन्दै प्रचण्डले भने, ‘कान थुन्नु के थुन्नु, आँखा छोप्नु पनि के छोप्नु । ७० प्रतिशत भगौडा हुने, ३० प्रतिशत पनि नभएकाहरु चाहिँ रैथाने रे ।’

पछिल्लो समय ओलीको अभिव्यक्ति विक्षिप्त मानसिकताको उपज भएको प्रचण्डले बताए । ‘एक सय जुटेर एघार सय बनाउनु विक्षिप्त मानसिकता नभएर के हो ?’ प्रश्न गरे ।

बैठकबाट भाग्दै हिँडेका ओलीले अरुलाई भगौडा भनेको भन्दै उनले पार्टीमा बैठक बस्नका लागि आफूहरुले निकै संघर्ष गर्नु परेको सुनाए । उनले अघि भनेका छन्, ‘लाजघिन हुनुपर्छ के ! लाज मान्ने ठाउँमा लाज मान्नुपर्छ, डर मान्ने ठाउँमा मान्नुपर्छ, डर मान्ने ठाउँमा डर मान्नुपर्छ । निर्घिणी पनि हुनुहुन्न के !’

संसद विघटन गरेका प्रधानमन्त्री ओलीले पार्टीले काम गर्न नदिएको तथा घेराबन्दी गरेको तर्क गरेको भन्दै उनले कम्तिमा एउटा उदाहरण पेश गर्न चुनौती दिए ।

पार्टीका नेताहरुलाई विश्वासमा लिन नसक्नु प्रधानमन्त्रीकै कमजोरी भएको भन्दै उनले कि नेताहरुलाई विश्वासमा लिनुपर्ने, नभए अल्पमतमा परेपछि राजीनामा दिनुपर्ने बताए । ‘म भएको भए जुन दिन अल्पमतमा परेँ त्यसैदिन राजीनामा दिन्थे । त्यो लोकतन्त्र, राष्ट्र र पार्टीको हितमा हुन्थ्यो’ उनले भने ।

तर ओलीले आफूले छोड्नु परे कुर्सी नै भाँचिदिने प्रवृत्ति देखाएको आरोप लगाए । ओलीमा ‘मैले भनेको सर्वोच्चले मान्नुपर्छ, निर्वाचन आयोगले मान्नुपर्छ । म नै लोकतन्त्र हुँ’ भन्ने प्रवृत्ति लेखाएको भन्दै उनले मर्ने बेलाको कमिलासँग तुलना गरे । ‘कमिलाको मर्नेबेला प्वाँख पलाउँछ, केपीजीमा त्यही देखिँदैछ । यो दुई चार महिना मात्रै हो । जनताले छोड्नेवाला छैन’ उनले भने ।

ओलीले तीन पटक पार्टी फुटाउन खोज्दा रोकेको र एकता जोगाउन तीन वर्षसम्म धेरै तेल लगाएको प्रचण्डको भनाइ थियो । तर ओली नसुध्रिएको भन्दै उनले अहंकारी भ्यागुतो जसरी म सबैभन्दा ठूलो हुँ भन्दाभन्दै पेट फुटेर मर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment