Comments Add Comment

प्रहरीमा ११ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

२९ पुस, काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) को प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ । बुधबार दिउँसो बसेको बढुवा समितिको बैठकपछि गृह मन्त्रालयले बढुवा सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालय, नक्सालले प्रकाशन गरेको सूची अनुसार कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुधन लुइँटेल र मोहनप्रसाद पोखरेललाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

उनीहरूमध्ये शाह, पञ्जियार र पाण्डेय एआईजी विश्वराज पोखरेलका ब्याची हुन् । बढुवा सिफारिसमा परेका अन्य अधिकृतहरु पनि यसअघिका बढुवामा छुटेका एसपीहरु हुन् ।

गृहको सिफारिसमाथि मन्त्रिपरिषदले एक सातापछि निर्णय गर्नेछ ।

हेर्नुस् सूची 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment