Comments Add Comment

ग्लोबल आइएमईका अध्यक्ष चन्द्र ढकालले लिए सपथ

२९ पुस, काठमाडौं । ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्र ढकालले सपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष ढकालले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

मंगलबारसम्पन्न बैंकको १४ औँ वार्षिक साधारणसभाले ढकाललाई सञ्चालक निर्वाचित गरेको थियो । साधारणसभा पश्चात बसेको बैंक सञ्चालक समिति बेठकले ढकाललाई पुनः अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

बैंकको संस्थापकतर्फबाट सञ्चालक समितिमा क्याबिनेट श्रेष्ठ र रामबहादुर भण्डारी चुनिएका छन् भने सर्वसाधारण सेयरधनीबाट सुदर्शनकृष्ण श्रेष्ठ, कृष्णप्रसाद शर्मा र दीपक शर्मा पोखरेल चयन भएका छन् ।

बैंकको बार्षिक साधारणसभाले १६ प्रतिशत लाभांश पारित गरेको छ। यसमध्ये १४ प्रतिशत बोनस सेयर हो । बैंकले गत आर्थिक बर्ष कर पछिको मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ गरेको थियो । अब बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment