Comments Add Comment

पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश १ को टोली घोषणा

१ माघ, काठमाडौं । यही माघ पहिलो सातादेखि सुरु हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश नम्बर १ ले टोली घोषणा गरेको छ ।

प्रदेश १ क्रिकेट संघले बुधबार १४ सदस्यीय टोली घोषणा गरेको हो । जसमा राष्ट्रिय टिमबाट खेलिसकेका सिद्धान्त लोहनी कप्तान छन् । यस्तै ४ जना वैकल्पिक खेलाडी रहेका छन् ।

यस्तै प्रशिक्षकमा लाक्पा लामा छन् भने राजकुमार प्रदान बलिङ प्रशिक्षकमा छन् ।

पीएम कप पुरुष क्रिकेट प्रतियोगिता माघ २ गतेदेखि काठमाडौंको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

सात प्रदेश र तीन विभागीयसहित कूल १० टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।

जहाँ प्रदेश १ समूह ए मा रहेको छ । यस समूहमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफका साथै गण्डकी र कर्णाली प्रदेश छन् ।

प्रदेश १ ले पहिलो खेल माघ ३ गते एपीएफसँग त्रिवि मैदानमा खेल्नेछ ।

प्रदेश १ को टोली

सिद्धान्त लोहनी (कप्तान), फिर्दोस अन्सारी, मिनास थापा ,दिपक पासवान,राजन मगर, शुवांकर उराउ, दिपेश कँडेल, श्रवन यादव, सोनु मण्डल , जोसक खड्का , विवेक मेहता , मनोज तामाङ,ज्ञानेन्द्र श्रेष्ठ, हेमन राई

वैकल्पिक खेलाडी

सुजन थपलिया, सरोज बस्नेत, प्रज्वल खत्री, आशिस श्रेष्ठ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment