+
+

सूर्योदय र डाफोडिल प्रिक्वाटर फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १ गते १७:२७

१ माघ, काठमाडौं । आयोजक सूर्योदय ‘बी’ र डाफोडिल प्रथम पीएचसीए खुला एसईई थ्री अन थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बिहीबार प्रिक्वाटर फाइनलमा प्रवेश गरेका छन् । सूर्योदय समूह ‘एच’ को उपविजेता तथा डाफोडिल सोही समूहको विजेताका हैसियतले प्रिक्वाटर फाइनलमा प्रवेश गरेका हुन् ।

घट्टेकुलोस्थित घरेलु कोर्टमा सूर्योदय ‘बी’ ले विल्सन एकेडेमीलाई ८–६ ले पराजित गर्‍यो । डाफोडिलले सूर्योदय ‘बी’ लाई १२–७ तथा विल्सनलाई १६–१० ले हरायो । ब्वाइजमै मिलनको ‘ए’, ‘बी’ र ‘डी’, टिम चन्दन, एटम, भीएस कलेज ‘ए’, रोशन, मनासलु, क्याम्पियन, विनय पुरी, ग्रामर, टीआईए, टिम रावत र ओमेगा प्रिक्वाटर फाइनलमा पुगेका छन् ।

गर्ल्समा भीएस कलेज ‘बी’ ले सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो । गर्ल्समै सूर्योदय, साइपाल, लिम्पिया, भीएस कलेज ‘ए’, बुद्ध प्रकाश र हिमालयले क्वाटरफाइनलमा स्थान बनाए ।

प्रतियोगिताको सूर्योदय फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसी र प्रबन्ध निर्देशक सुशिल थापाले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरे ।

प्रतियोगिताको ब्वाइजमा ३२ र गर्ल्समा १६ गरी जम्मा ४८ टिम सहभागी छन् । ब्वाइजमा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । गर्ल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगद पुरस्कार जित्ने छन् । ब्वाइज/गर्ल्स दुवैमा ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई जनही २ हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिता शनिबार सम्पन्न हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?