Comments Add Comment

संक्रमणमुक्त भएपछि पाँच महिनासम्म कोरोनाबाट सुरक्षा

१ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण मुक्त भएपछि शरीरमा विकास भएको एन्टिबडीले पाँच महिनासम्म संक्रमणबाट सुरक्षा दिने एक अध्ययनले देखाएको छ । पब्लिक हेल्थ इंगल्याण्डले गरेको अध्ययनमा एकपटक संक्रमित भइसकेका मानिसहरुलाई पुनः संक्रमण हुने जोखिम ८३ प्रतिशतसम्म कम हुने देखिएको हो । यद्यपि विशेषज्ञहरुले भने संक्रमणमुक्त भएको मानिस पुनः सिंक्रमित हुन सक्ने र उसले अन्य मानिसहरुलाई पनि संक्रमण सार्न सक्ने चेतावनी दिँदै आएका छन् । त्यसैले कोरोनाबाट बच्न आवश्यक मापदण्ड सबैले पालना गर्नुपर्ने उनीहरुको भनाइ छ ।

यो अध्ययनको नेतृत्व गरिरहेकी प्राध्यापक सुसन हप्किन्सले यो अध्ययनबाट पाइएको नतिजा उत्साहप्रद रहेको बताएकी छिन् । उनले यो नतिजाले मानिसहरुमा पुनः संक्रमण हुने डर पनि कम हुने विश्वास व्यक्त गरेकी छिन् । उनले यो अध्ययनको निष्कर्ष संक्रमणमुक्त भएका मानिसहरुमा गम्भीर लक्षण देखिने गरी संक्रमण हुने सम्भावना निकै कम हुन्छ भने अन्य मानिसहरुलाई सार्ने सम्भावना पनि न्यून रहन्छ ।

यद्यपि वैज्ञानिकहरुले यस विषयमा आफूहरुको अनुसन्धान जारी रहने बताएका छन् । साथै उनीहरुले अहिले कोरोनाको नयाँ प्रकारको विषयमा पनि अनुसन्धान गरिरहेको बताएका छन् । वैज्ञानिकहरुले संक्रमणमुक्त भएका मानिसहरुले पनि कोरोनाविरुद्धको खोप लिँदा प्रकृतिक रुपमा विकास भएको प्रतिरोधी क्षमता अझै बढ्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment